आईजीपीदेखि अदालतसम्म सुन तस्करकाे जालाे

काठमाडाैं, २८ कार्तिक । देशका ठुला सुनतस्करहरुलाई प्रहरी नेतृत्वकै संरक्षण रहेको खुलेको छ । एक ठूला सुन तस्करले प्रहरी नेतृत्वकै सहयोगमा उन्मुक्ति पाएका छन् । एयरपोर्टबाटै सुन तस्करी गर्ने गुप्तलाल भुषाललाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै संरक्षणमा उन्मुक्ति दिईएको हो । स्रोतका अनुसार दुवईबाट नेपाल फर्कने क्रममा उनी गतसाता पक्राउ परेका थिए । तरऽ हल्ला नगरी […]

डेढ अर्ब भ्रष्टाचारमा गोपाल खड्कामाथि कारवाही गर्न तम्सिएका सचिवकाे उल्टै सरुवा

काठमाडौ, २८ कार्तिक । आयल निगमको जग्गा खरिदमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने कार्यकारी निर्देशक गोपाल खड्काको इशारामा आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । देवकोटालाई सोमबारको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिदमा सरुवा गरेको छ । भ्रष्टाचार गर्नेलाई मन्त्रालय तानेबापत पुरस्कृत हुनुपर्ने सचिव देवकोटा उल्टै दण्डित भएका छन् । उनलाई […]

शरदकुमार गौचनको हत्या गर्ने प्रमुख सुटरसहित ५ पक्राउ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् । यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र […]

आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

महोत्तरी । जलेश्वर नगरपालिकाका-८ का वडा अध्यक्ष आफ्नै दलित महिला वडा सदस्यसँग अनुचित सम्बन्ध राखेको आरोपमा पक्राउ परेका छन् । दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेका छन । उनलाई दलित महिला वडा सदस्यको घरमा महिलाका देवर, ससुरा र जेठाजुले […]

जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन

मलेसिया । मलेसियामा रहेका नेपाली थारु समुदाय संगठित भएका छन् । प्रवासी थारु सेवा समाज मलेसियाले क्षेत्रीय समिति पनि गठन गरेकाे छ । मलेसियाकाे दाेस्राे ठूलाे प्रान्त जाेहाेरबारुमा थारु सेवा समाजकाे क्षेत्रीय समिति गठन गरिएकाे हाे । दिनेश चाैधरीकाे अध्यक्षतामा २३ सदस्यीय क्षेत्रीय समिति गठन गर्दै समितिलार्इ मलेसियामा राेजगारीकाे शिलशिलामा अाएका थारु युवाहरुकाे सेवामा खट्ने […]

सम्बन्धन प्रकरणमा मन्त्रीदेखि काउन्सिल सदस्यसम्मकाे चलखेल

काठमाडाैं, २६ कार्तिक । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री […]

स्थानीय तहमा २२५ अर्ब पठाइसकियो : योजना आयोग

काठमाडौ, २६ कार्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले सरकारले स्थानीय तहमा विकासका लागि २२५ अर्ब पठाएको जानकारी गराएका छन् । नागार्जुन नगरपालिका रामकोट–६ स्थित नारायण पोखरेल प्रतिष्ठानको १० औँ साधारणसभा र महाधिवेशनमा उनले केन्द्रका धेरै योजना घटाएर स्थानीयमा तहमा बजेट पठाइएको बताए । उनले भने, “अहिले पठाइएको बजेट पर्याप्त नभए पनि हामीले […]

प्राडा पोखरेलले पाए ‘ज्यो हरिप्रसाद अभिनव’ पुरस्कार

काठमाडौँ, २६ कार्तिक । विसं २०७४ को ‘ज्योतिषी हरिप्रसाद घिमिरे अभिनव’ पुरस्कार भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेललाई प्रदान गरिएको छ । अभिनव साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ एवम् ज्यो घिमिरेको ९५ औँ जन्मजयन्तीका अवसरमा आज जोरपाटीमा आयोजना गरेको १८९ औँ शृङ्खलाको साहित्यिक कार्यक्रममा भाषाविद् प्रा डा चूडामणि बन्धुले पोखरेललाई रु २० हजार, दोसल्ला […]

महानगरका प्रमुख भन्छन, काठमाडौँको कलासंस्कृतिको संरक्षण सम्वद्र्धन मेरो पहिलो प्राथमिकता

काठमाडौँ, २६ कार्तिक । शाक्य फाउण्डेशन नेपालले आज यहाँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ । नेपाल संवत् ११३८ का उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नेसमेत उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख शाक्यले काठमाडौँको कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यहाँका ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारका योजना र बजेट […]

भारतीय गाडीका कारण सडक, पुलपुलेसा र नेपाली व्यवसायी धरासायी हुँदै, सरकार मौन

रुपन्देही, २६ कार्तिक । यातायात व्यवसायीले नेपालमा निर्वाध रुपमा चलिरहेका भारतीय गाडीहरुलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । अत्यधिक भार बोकेका भारतीय गाडीका कारण नेपालका सडक, पुलपुलेसाहरु भत्कने र दुर्घटना बढ्ने गरेको नेपाली व्यवसायीले बताएका छन् । ठूला भार बोकेका भारतीय गाडीहरुलाई निर्बाधरुपमा छुट दिँदा नेपाली गाडीले काम नपाई व्यवसायी बैंकको व्याज तिर्न नसक्ने […]