सुन तस्करीमा पूर्व सांसद सिंहका भाई पक्राउ

काठमाडौं । बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्। २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो । उनलाई पत्र काटेर बोलाइएको थियो । त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज […]

सप्तकोशीमा पानीको बहाव बढ्दै, २९ ढोका खोलियो

काठमाडौं । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला […]

श्रीमती पिडित श्रीमानलाई खुसीको खबर ! अब पुरुषले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको […]

हमास लडाकुप्रति इजरायलको चर्को आक्रोश, लडाकु सिध्याउन गाजामा ठूलो आक्रमण

एजेन्सी । इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर ठूलो आक्रमण अभियान सुरु गरेको जनाएको छ । यो आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको इजरायलको भनाई छ । गाजामा […]

२२ दिन अघि वेपत्ता महानगरका बरिष्ठ अधिकृत मृत भेटिए

पाेखरा, २९ असार । पोखरा महानगरपालिकाका एक वरिष्ठ अधिकृत मृत भेटिएका छन् । असार ९ गतेदेखि बेपत्ता भएका महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेलकाे शव शनिबार बिहान तनहुँको भिमादको सेती नदी किनारमा शव फेला परेको हाे। उनी हराएको २२ दिनपछि भिमानबाट शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शवलाई आफन्तले पहिचान गरेपछि […]

विश्वका ठूला नेता भ्रष्टाचारमा को–को परे जेल, अब को–को छन बाँकी

रमेश लम्साल काठमाडौं । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्वमै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एकपछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् । शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय […]

कर्णालीका ३०७ गाउँ असुरक्षित, सुरक्षित स्थानमा सार्ने सरकारको सुरसार छैन

काठमाडाैं ।  माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख […]

दुईबुँदे सहमतिपछि गंगामाया अधिकारीले अनशन तोडिन

काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् ।सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर […]

हृदयाघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन

 काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएका आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पताल पुर्याइएको थियो । ५३ वर्षीय आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका […]

सिन्धुपाल्चोक जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको सल्लेमा भएकाे जीप दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा जीप दुर्घटनामा परी अन्य ९ जना घाइते छन् । बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाँडामा दुर्घटना भएको हो । फ्याफुला डाँडामा अचानक […]