विश्व हेलिकोप्टर सम्मेलन हुँदै

काठमाडाैं । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने […]

ग्रिसको राजधानी एथेन्स नजि भिषण आगलागी, २० को मृत्यु सयौ बेखबर

काठमाडाैं । ग्रिसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म कम्तिमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् । मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा […]

राष्ट्रिय सभा बैठकमा भयो यस्तो भनाभन, झगडा बढ्ने देखिएपछि बैठक बीचैमा रोकियो

काठमाडौं, ८ साउन । राष्ट्रिय सभाकाे मंगलबार बसेकाे बैठकमा सांसदहरुबीच चर्काे भनाभन भएकाे छ । बैठकमा संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएपछि त्यसबारे ब्यापक टिप्पणी सुरु भएकाे छ । दृष्य यसरी सुरु भयाे कि जब राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराए । बैठक सुरु भएकाे जानकारी नपाउँदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै […]

अन्नपूर्ण वाइडवडी जहाजबाट गरियो परिक्षण उडान

काठमाडौँ, ७ साउन । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज परीक्षण उडान गरेको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले आज अपराह्न उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको प्रुभिङ फ्लाइट (परीक्षण उडान) गरेको जानकारी दिए । गत असार २४ गते काठमाडौँ आइपुगेको ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाजलाई विदेशी चालक फ्रान्सिको […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएन

काठमाडौं, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी हुने गरेको पाइएको छ । सरकारले केही समयअघि विमानस्थलबाट सुन तस्करीको जालो तोडिएको दाबी गरेको थियो । पछिल्लो समय तस्करीले झन् परिष्कृत रूप लिन थालेको देखिएको छ । आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाई ल्याएको दुई केजी ६७० ग्राम सुन बरामद गरेपछि अझै सुन तस्करीको क्रम […]

विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष भरतकेशर सिंहको निधन

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। सिंहको शनिबार राति ३ बजेर ६ मिनेटमा बयोधा अस्पतालमा निधन भएको महासंघ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष अस्मिता भण्डारीले अन्नपूर्णलाई जानकारी दिइन्। सिंह ८५ वर्षका थिए। तीन साताअघि सामान्य ज्वरो आएर बयोधा अस्पतालमा परीक्षण गर्दा पिसाबमा संक्रमण देखिएपछि उनी उपचाररत थिए। त्यहीबीचमा उनमा […]

गोविन्द केसीको मुटुमा देखियो यस्तो गम्भिर समस्या

काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन ।  केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाण्डु ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद अघि नबढेको आरोप लगाएका छन् । सरकारसँग […]

७२ जना जिल्ला न्यायधीशको एकैसाथ भयो सरुवा, को कहाँ पुगे ? (नामलिस्टसहित हेर्नुहोस्)

काठमाडौं । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरिएको छ । शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ । हेर्नुहोस् न्यायधीश सरुवाको सूची

शिक्षण अस्पतालका निर्देशकले दिए एकाएक राजीनामा

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्रा. डा. दीपक महराले राजीनामा दिएका छन् । उनले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रा. डा. महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएको थियो । तर त्रि. वि कार्यकारी परिषद्ले […]

इन्टरनेटको मूल्य तोक्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समति बनाइएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि सरकारले नै मूल्य समायोजनको प्रयास थालेको हो । सञ्चार मन्त्रालयको सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन् । समितिले एक हप्ताभित्रै […]