नेपालमा २२ लाख मानिस भूमिहिन भए

काठमाडौं, २६ असार । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । समाचार अनुसार, भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार मञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ […]

पुनर्निर्माण प्राधिकरणमा १४ अर्ब बक्यौता

काठमाडाैं, २६ असार । सोधभर्नाको बक्यौता सबैभन्दा बढी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा देखिएको छ । प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त हुने सहयोग भूकम्पपछिको पुनर्निर्माण आयोजनाहरुमा खर्च गरिरहेको छ । प्रधानमन्त्री कार्यालय अन्तर्गतको प्राधिकरणमा १४ अर्ब ६ करोड रुपैयाँ सोधभर्ना बाँकी रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । तर, प्राधिकरणले महालेखाको भन्दा फरक तथ्यांक उपलब्ध गराएको छ । […]

मोहना नदीमा डुल्दै गरेको भेटियो डल्फिन

काठमाडाैं, २६ असार । वर्षा लागेपछि मोहनाका सहायक नदी काँडा, पथरैया र कान्द्राको संगममा डल्फिन देखिन थालेको छ । हुलाकी सडकबाट २ किलोमिटरको हिलाम्य सडक पार गरेर त्यहाँ पुग्न भने सकसको सामना गर्नुपर्छ । बर्खामा सवारीसाधन नचल्दा चाहेर पनि त्यहाँ पर्यटक पुग्न सकिरहेका छैनन् । ‘डल्फिन पाइने ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक छ,’ […]

१० दिनदेखि अनसनरत डा. केसी प्रधानमन्त्री ओलीसँग फोनमा बोल्नै सकेनन

काठमाडाैं, २६ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार उनीसँग टेलिफोन वार्ता गर्न चाहे पनि खराब स्वास्थ्यका कारण सम्भव भएन । सोमबार दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालयबाट डा. केसीलाई फोन आएको थियो । तर डा. केसीको स्वास्थ्यमा […]

नेपाल पसेर धर्म प्रचार गर्ने फिलिपिनी दम्पतिलार्इ देश निकाला

काठमाडौं, २५ असार । गृह मन्त्रालयले व्यवसायिक प्रवेशाज्ञा (विजनेस भीसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन (डिपोर्ट) गरेको छ । व्यापारिक भीसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई छानबिन गर्न निर्देशन दिएको थियो । निष्काशित हुनेमा […]

पकाएको कुखुराको मासु पोखिदा उमेशले गुमाए ज्यान

भक्तपुर, २५ असार । रक्सी पिएर धकेलाधकेल गर्दा कुखुराको मासु पोखिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका उमेश कार्कीले ज्यान गुमाउनु परेको अनुसन्धानबाट खुलेको छ। असार १६ गते जीतपुरस्थित दिनेश खड्काले भाडामा दिएको दुईतले घरमा ३६ वर्षीय उमेश मृत भेटिएका थिए। ग्रिलसम्बन्धी काम गर्ने मजदुरले भाडामा लिएको उक्त कोठामा कार्की मृत फेला भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा […]

उज्यालाेकोे खोजी र प्रयासको विमोचन

काठमाडौं, २३ असार । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै […]

प्राधिकरणका सिइओ पदबाट हटाइए

काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) युवराज भुसाललाई प्राधिकरणले आइतबार औपचारिक विदाई गर्ने भएको छ । आज दिउँसो १ बजे एक कार्यक्रम गरेर सिइओ भुसाललाई विदाइ गर्न लागेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निर्वाचन आचारसंहिता लागू भएपछिका नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै सिईओ भुसाल पनि जिम्मेवारीमुक्त भएका […]

विश्वको ध्यान खिचेकी टर्किनाले पाइन कृत्रिम खुट्टा

एजेन्सी । टुना क्यानबाट कृत्रिम खुट्टा बनाएर हिँडिरहेकी आठ वर्षीया सिरियाली बालिकाको तस्विरले सारा विश्वको ध्यान खिच्न सफल भएको थियो । अहिले ती बालिकाले टर्कीमा कृत्रिम खुट्टासँगै नयाँ जीवन पाएकी छिन् । दुर्लभ रोगका कारण माया मेर्ही खुट्टा बिना नै जन्मिएकी थिइन् । आफ्नो घर रहेको अलेप्पोमा जारी द्वन्द्वका कारण उनी आफ्नो पितासँग शरणार्थी क्याम्पमा […]

मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संंख्या २० पुग्यो, सबै शव पोखरा ल्याइयो

पाेखरा, २३ असार । मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे स‌ख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार १५ शव स्याङबाेचेमा थिए भने पाँच शव जिल्ला […]