प्रशासनको खातामा १० वर्षदेखि थन्कियो कोसीपीडितको ४० करोड

धरान, ३ भदाै । कोसी बाढीपीडितको राहतका लागि आएको ४० करोड रुपैयाँ १० वर्षदेखि जिल्ला प्रशासनको खातामा छ । बाढीपीडित भने अझै अस्थायी टहरामा भए पनि सो रकम फिर्ता जाने भएको छ । सरकारले बाढीपीडितका लागि एक अर्ब ६० करोड पठाएको थियो । तर, अझै करिब ४० करोड रकम वितरण नभई थन्किएको पाइएको हो । बाढीका कारण कोसीले धार […]

मुलुकी ऐनको नयाँ संस्करणले प्रेस र अभिव्यक्ति स्वतन्त्रता हरण गरेको भन्दै व्यापक विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकोले सोसम्बन्धमा सरोकारवाला निकायहरुसंगको छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहितामा विभिन्न सकारात्मक विषयहरु रहे पनि […]

अब चार घन्टामै पृथ्वीको यात्रा पूरा गर्न सकिने

काठमाडाैं । पृथ्वीको यात्रा केवल ४ घण्टामा । यो सुन्दा तपाईहरुलाई विश्वास नै नलाग्न सक्छ । तर, आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिने बताइएको छ । विश्वास नै नलाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष्यमा ध्वनीभन्दा पनि ५ गुणा तिव्र गतिमा चल्ने विमान […]

अफिस समयमा चलाउनै नपाइने उर्दी जारी गरिएका सरकारी कार्यालयमा अब फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं, २ भदाै । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल सञ्चालनका लागि […]

सडक निर्माणमा नमूना मानिएको कलंकी चोकको अञ्डरपास आजबाट सञ्चालनमा

काठमाडाैं, १ भदाै । नेपालकाे सडक पूर्वाधारमा नमूना मानिएकाे कलंकीकाे बन्दै गरेकाे अण्डरपासकाे सबै काम पूरा भएपछि अाजबाट सञ्चालनमा अाएकाे छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘अण्डरपास’ नेपालकै पहिलाे अन्डरपास हाे । चक्रपथ सुधार अायाेजना अन्तरगत याे अन्डरपास निर्माण गरिएकाे हाे । चक्रपथ सुधार चीन सरकारकै अनुदान सहयोगमा चलिरहेकाे छ । आयोजनाका प्रमुख […]

पती-पत्‍नी तीन वर्षसम्म अलग बसे स्वतः सम्बन्ध विच्छेद, २० वटा कानुन खारेजीमा

काठमाडौं ।  आजबाट नयाँ मुलुकी ऐन लागु हुने भएको छ । नयाँ मुलुकी ऐनसँगै केही पुराना ऐन र कानुन र मान्यतामा परिवर्तन आउने भएको छ । मुलुकी फौजदारी, देवानी संहिता, मुलुकी अपराध संहिता, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)सहित पाँँच वटा ऐन कार्यान्वयन भएका छन् । योसँगै एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित […]

नयाँ श्रम ऐनको विरुद्धमा उत्रिए १४ ट्रेड युनियन, काठमाडौंमा प्रदर्शन

काठमाडौं । संयुक्त ट्रेड युनियन सङ्घर्ष समितिले सरकारले जारी गरेको नयाँ श्रम ऐनको विरुद्धमा सङ्घर्षमा उत्रिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ लगायत विभिन्न दल सम्बद्ध १४ वटा ट्रेड युनियनको संयुक्त सङ्घर्ष समितिले अहिले जारी गरेको श्रम ऐन र निमावलीले नेपालको श्रमिक मजदुरहरुको सम्बोधन गर्न नसकेको भन्दै सरकार विरुद्ध […]

प्रदेश तहका कर्मचारीको खटनपटन अब प्रदेश सरकारले गर्ने

काठमाडौं ।  अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ । यसअघि, प्रदेश तहमा संघ (केन्द्र)ले कर्मचारी खटाउँदै आएकाेमा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ‘अब हामी प्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौं’–उनले भने–‘अनि मुख्यमन्त्रीको कार्यालयले […]

४५ हजार घुस रकमसहित समातिए अर्का लेखापाल

रौतहट, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटबाट एक लेखा सहायकलाई ४५ हजार घुससहित पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद ४५ हजारसहित पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरले विद्यालयको भवन निर्माण कम्पनीसँग बारम्बार पैसा मागेर हैरान गर्ने […]

सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोजस्तै जाजरकोटमा गयो पहिरो, पहिरोले थुनियो भेरी नदी (भिडियो)

जाजरकोट, ३० साउन । २०७१ साल साउन १७ गते सिन्धुपाल्चाेककाे जुरेमा अाएकाे पहिराे जस्तै जाजरकाेटमा पनि ठूलाे पहिराे गएकाे छ । पहिराेले भेरी नदी पुरिदा ठूलाे धनमालकाे क्षति भएकाे छ । तर जुरेमा जस्ताे पहिराे धेरैबेर थुनिन नपाउँदा जुरे पहिराेकै जस्ताे क्षति भने भएन । पहिराेका कारण जाजरकोट–डोल्पा सडकमा समेत ठूलाे क्षति पुगेकाे छ । […]