निर्मला हत्या प्रकरणः कंचनपुर तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड अश्रुग्याँस प्रहार

कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि स्थानिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएको भीड नियन्त्रण गर्न भन्दै प्रहरीले ८ राउन्ड अश्रुग्याँस […]

यी हुन बलात्कारपछि निर्मलाको विभत्स हत्या गर्ने दिलिप, दिए यस्तो बयान

काठमाडौं । प्रहरीले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको […]

कर्णालीमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल

काठमाडौँ, ५ भदाै । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसित भएको सहमतिबमोजिम कार्यदल गठन गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा गठन गरेको कार्यदलमा डा. केसीका प्रतिनिधि डा. जीवन क्षत्री र प्रा.डा. […]

अचाक्ली सिन्डिकेट, किसानको बारीबाटै तरकारी कब्जा गर्छन विचौलियाले

धनकुटा, ५ भदाै । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको […]

पहिरो खस्दा गाउँलेहरु अचम्मै खुसी हुने नेपालकै अनौठो गाउँ

काठमाडाैं, ५ भदाै । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। […]

प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो । संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले […]

श्रीमती फकाउन छोराको अपहरण !

कैलाली ।  कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका-६ का […]

मोदी नेपाल आउनै लाग्दा भारतीय सेनाका हाकिम त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौं ।  भारतीय सेना पटकपटक हतियारसहित नेपाल आउने कुरा नयाँ होइन । कहिलै सीमा क्षेत्रबाट कहिलै विमानस्थलबाट भारतीय सेनाका अधिकारीहरु हतियारसहित नेपाल आइरहेका छन् । बेला बेलामा उनीहरुलाई प्रहरीले पक्राउ पनि गर्दै आएको छ तर कुनै कारवाही नहुँदा उनीहरु विभिन्न प्रयोजनको लागि हतियारसहित नेपाल भित्रिदै आएका छन् । फेरि भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित […]

गेर्खुको पुल बाढीले बगाएपछि नुवाकोट- रसुवा यातायात ठप्प, दर्जनौं यात्रु अलपत्र

काठमाडौं । पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बाटो ठप्प भएपछि दर्जनौं यात्रु अलपत्र परेका छन् […]

आफैले पढाउने बालिकामाथि मैथुन गराउने प्रअलाई कालोमोसो र जुत्ताको माला, पुगे प्रहरी थुनामा

पर्वत । आफैले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गराएको अभियोगका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासले कारागार चलान गरेको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा […]