आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित

काठमाडौँ ।  आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दै ९ विकेट गुमाएको थियो । जितबाट नेपाल […]

बौद्ध प्रहरीका डिएसपी रार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

काठमाडौं, २० असाेज । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि […]

भीआर्इपी जुवा घरमा प्रहरीको छापा, चार तलामाथिबाट हामफाल्दा दुर्इ जुवाडेको मृत्यु

काठमाडौं, २० असाेज । राजधानीकाे एक गाेप्य जुवा अखडामा प्रहरीले छापा मारे लगत्तै जुवा खेलिरहेका २ जना व्यक्तिकाे ४ तला माथिबाट हामफालेर भाग्न खाेज्दा मृत्यु भएकाे छ । काठमाडाैंकाे मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको र साे क्रममा दुर्इ जना व्यक्ति ४ तलामाथिबाटै हामफालेकाे र उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे […]

शमशेरगञ्जमा तीब्र गतिमा कुदिरहेका माइक्रो र ट्रक ठोक्किदा ६ जनाको मृत्यु

बाँके, २० भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके शमशेरगञ्जमा मार्इक्राेबस र ट्रक एकअापसमा ठाेक्किदा ६ जनाकाे मृत्यु भएकाे छ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक माइक्रोबस र ट्रक आज बिहान एकापसमा ठोक्किएका हुन । प्रारम्भिक अध्ययनमा तीब्र गतिका कारण याे दुर्घटना भएकाे थाहा हुन अाएकाे शमशेरगञ्ज प्रहरीले जानकारी दिएकाे छ ।  दाङको तुलसीपुरबाट अमिलिया हुँदै […]

खगोल वैज्ञानिकहरुले पत्ता लगाए नयाँ ग्रह

एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट प्लुटो करिब ३४ […]

यति एयरमा भैरहवाबाट आउँदै गरेकी युवतीको १० मिनेटमै मृत्यु, यतिले १३ दिनसम्म लुकायो

काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ। यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ। असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० वर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको पारिवारले बताएको छ। यती एयरको […]

दुर्गममा उडान भर्न चर्को नाफा खोज्ने एयरलाइन्सलार्इ रोक लगाउने हुम्लाको एक गाउँपालिकाको निर्णय

हुम्ला, १९ असाेज । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न सुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दसैँ तिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी एयरलाइन्सले उडानमा कमी ल्याएको […]

बैंकिङ कसुर गरेको आरोप लागेपछि पाँच वर्षदेखि फरार किस्ट बैंकका सीर्इओ कमल ज्ञवाली भारतमा गिरफ्तार

काठमाडौं, १९ असोज । बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेपछि फरार तत्कालीन किष्ट बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्। साढे १२ करोड रुपैयाँ कर्जा अपचलन गरेको मुद्दामा दोषी ठहर भएका ज्ञवाली दुई वर्षपछि पक्राउ परेका हुन्। कञ्चनपुरको महेन्द्रनगरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले दाबी गरेकाे छ। ‘उनलाई महेन्द्रनगरबाट पक्राउ […]

पाँच किलो सुनसहित एक व्यक्ति गिरफ्तार

काठमाडाैं, १७ असाेज । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख बसन्त लामाका अनुसार बालाजुको तीनपिप्ले भन्ने स्थानबाट पाँच किलो सुन बरामद गरिएको हो । उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान गरिएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान […]

आजदेखि डिभी अावेदन खुल्ला

सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ। डिभी भर्न परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन तर, रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ। आफै डिभी भर्न चाहनेहररूले तोकिएको […]