काठमाडौं । चितवनको जलविरेमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाएका तीनै जनाको पहिचान पनि खुलेको छ । शुक्रबार बिहान काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालक झापा मेचीननगर नगरपालिका ८ का उदयमान राजवंशी, सहचालक २५ […]
समाज
गुर्जा हिमालमा आएको हिमआँधीमा परी ९ जनाको मृत्यु, ८ जनाको शव काठमाडौँ ल्याइयो
काठमाडौँ । गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ८ जनाको शव काठमाडौँ ल्याइएको छ। साँझ ५ बजेर १५ मिनेट जाँदा शव काठमाडौँको महाराजगञ्जको शिक्षण अस्पतालमा ल्याइएको सिम्रिक एयरकातर्फबाट सुरज सुवेदीले जानकारी दिए। शवलाई पोखराबाट सिम्रिक एयरको दुई वटा हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। एक जनाको शव म्याग्दीमा नै बुझाइएको छ। प्रहरीका अनुसार असोज २४ […]
दशैँ तिहारमा मासु त खाअाैं तर यी कुरामा होस् गराैं
दशैंलगत्तै फुड पोइजनिङ (खानाको कारण हुने विषाक्तता) भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने त ? दशैं हिन्दूहरुको महान् चाड । ठूलाबडाको आशिर्वाद र टिका थाप्ने अवसर हो यो । दशैं मासुको लागि पनि त्यत्तिकै प्रख्यात छ । विशेष गरी मासुका विभिन्न परिकारहरु बनाएर खाने चलन हुन्छ […]
चेस खेल र भौतिकशास्त्र
मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]
टेलिकमको एडिएसएलमा लगानी धेरै प्रगति सुस्त
काठमाडौं, २६ असाेज । पाँच वर्षअघि (२०७०) को तथ्यांकमा एडीएसएल प्रयोगकर्ताको संख्या एक लाख १६ हजार हाराहारीमा थियो। त्यसयता एडीएसएलले पाएको नयाँ प्रयोगकर्ता ९० हजार मात्रै हो। प्राधिकरणले भर्खरै सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा एडीएसल प्रयोगकर्ताको संख्या जम्मा दुई लाख पाँच हजार छ। पछिल्लो समय उदायको प्रविधि फाइबर टू दी होम (एफटीटीएच) आधारित रहेर इन्टरनेट […]
पोर्नसाइटहरुमाथि सरकारले लगायो कडा प्रतिबन्ध, अब लुकेर हेर्नेमाथि निगरानी राखिने
काठमाडौं, २६ असाेज । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ। सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने […]
जनकपुर आइपुग्यो भारतीय ब्लास्ट रेल
जनकपुर, २६ असाेज । अक्टोबर महिनाभित्रै सञ्चालनको लक्ष्य लिइएको जनकपुर–जयनगर ब्रोडगेज रेल परीक्षण सञ्चालनका क्रममा ५३ बोगी सहितको गाडी ल्याइएको छ। भारतको जयनगरबाट ५३ वटा बोगीमा ब्लास्ट बोकेर जनकपुर रेल्वे स्टेसनसम्म आइपुगेको रेलको परीक्षण सफल भएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए। भारतीय रेल विभागबाट उपलब्ध रेल भारतकै प्राविधिकले सञ्चालन गरेका थिए। […]
सांस्कृतिक महत्वको आगम घर सङ्कटमा (विज्ञप्ति सहित)
ललितपुर, २६ असाेज । ललितपुरकाे कृष्ण मन्दिरका पूर्णचण्डी पुजारी र कार्तिक नाचका गुरु नृसिंहको भूमिका निरन्तर निर्वाह गर्दै आएका राजोपाध्याय समुदायको आगम घर संकटमा परेको छ । ललितपुर १९ वडा महाद्यःननि चॊकमा रहेको एेतिहासिक र सांस्कृतिक महत्वो बोकेको, विभिन्न पर्व साथै कार्तिक नाचको समयमा समेत तान्त्रिक विधिबाट गोप्य पुजा सम्पन्न गर्नुपर्ने आगम घरको अस्तित्वो नै […]
भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा सुरु
काठमाडौँ । सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट स्वास्थ्य सेवाको सुरुवात गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो स्थानबाट आजदेखि बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले सो स्थानमा न्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न […]
क्याम्पसको आम्दानी सिधै कर्मचारीको खल्तीमा
जनकपुरधाम, २४ असाेज । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन । जनकपुरका दाजुभाइ रामस्वरूप र रामसागर साहले क्याम्पसका लागि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाअन्तर्गत महेन्द्रनगर सखुवामा ५७ बिघा र नन्दुपट्टीमा २२ बिघा १४ कट्ठा जग्गा क्याम्पसलाई दान […]










