११ वर्षपछि पनि जिब्रो छेड्ने जात्राको निरन्तरता

भक्तपुर, २१ भदौ । मध्यपुर थिमिमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो । मध्यपुर थिमि नगरपालिका वडा नं ५ का २९ वर्षका वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाएका छन् । प्रत्येक […]

‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ, २१ भदौ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २३ गते दुवै […]

दशैँको साइत सार्वजनिक

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली […]

सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु

बनेपा, २१ भदौ । सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई आज सार्वजनिक गरिएको छ । फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहकुल थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । […]

सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरु सार्वजनिक

बनेपा । एक साता अघि सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने […]

सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी

काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ ।  सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा […]

२५० यात्रु बोकेको जहाज टोकियोबाट उडेको केही मिनेटमै चरा ठोक्किएपछि

टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ । […]

‘मह’को ‘म’ ‘ह’बाट विमोचित

काठमाडौँ, २१ भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज यहाँ आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गरे । “मेरो गुण मात्र होइन दुर्गुण पनि स्वीकारेर मलाई नजिक राख्नुभयो, मैले नजानेरै कहिले मन दुखाएको छु […]

खेलकुदको पूर्वाधार विकासमा ८० लाख खर्च

बनेपा, २१ भदौ । काभ्रेपलाञ्चोकको खेलकुदको विकासका लागि पूर्वाधार विकासमा झण्डै ८० लाख खर्च भएको छ । आव २०७३÷७४ मा जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारी, महाभारत शृङ्खला डाडाँपारी, तेमाललगायत क्षेत्रमा खेलकुदको पूर्वाधार निर्माणमा उक्त बजेट खर्च भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । “सबै प्रकारका खेल खेल्नका लागि जिल्लाका विभिन्न ठाउँमा खेल मैदान निर्माण […]

२२ जना व्यक्तिको मानव खप्पर बोकेर ल्याउदै गरेका एक पक्राउ

झापा, २१ भदौ । बाइस थान मानव खप्परसहित प्रहरीले झापाको काँकडभिट्टाबाट आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका–८ निवासी ५२ वर्षीय सोम तामाङ रहेका छन् । उनलाई प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालयको गेट अगाडिबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ रिक्सामा लुकाएर मानव खप्पर […]