बढ्यो अझै चिसो, काठमाडौँको तापक्रम ०।५ डिग्रीमा झर्‍यो

काठमाडौँ, १६ पुस । काठमाडौँको तापक्रम शून्यको आसपासमा पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार ठ्याक्कै कति बेला ताफक्रम ०.५ डिग्री पुग्यो भन्न नसकिए पनि बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको […]

भारतमा दुई करोड चोरेर फरार भएका कालिकोटका शाही कोहलपुरमा पक्राउ

नेपालगञ्ज, १६ पुस । भारतकाे हैदराबादकाे एक दुकानबाट दुर्इ कराेड भन्दा बढी चाेरी गरेर नेपाल अाएका एक जना पक्राउ परेका छन् । कालिकाेट घर भएका एक व्यक्तिलार्इ इलाका प्रहरी कार्यालय काेहलपुरले पक्राउ गरेकाे हाे । पक्राउ पर्ने कालिकाेटका कमल शाही हुन । शाहीकाे टाेलीले हैदराबादमा गरगहना र नगद गरी दुर्इ कराेडभन्दा बढी चाेरी गरेकाे बताइएकाे […]

बेरोजगारका लागि सुनौलो अवसर, एनआइसी एशिया बैंकमा खुल्यो ६ सय जनाका लागि रोजगार अवसर

काठमाडाैँ, १५ पुस । राेजगारीका लागि अवसर खाेजिरहेकाहरुका लागि एनअाइसी एशिया बैंकले ठूलाे माैका दिएकाे छ । बैंकले ६ सय जनाका लागि राेजगारी सिर्जना गरेकाे छ । बैंकले अाइतबार एकैसाथ ६ सय जना कर्मचारी माग गरेको छ। अाइतबार सूचना जारी गर्दै बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्ने गरी आवेदन माग गरेको छ । बैंकले […]

खैरो हेरोइनसहित चार पक्राउ

झापा, १५ पुस । छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । […]

विश्व शारीरिक सुगठन स्वर्णपदक बिजेता महेश्वर महर्जनलाइ नागरिक सम्मान

काठमाडौँ, १४ पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक बिजेता महेश्वर महर्जनले बिश्वमा नेपाल चिनाउन सफल भएका छन । थाइल्याण्डको चेङमईमा भएको प्रतियोगितामा महेश्वर महर्जनले गएको शनिवार पुरुष ७५ केजी समूहतर्फ स्वर्णपदक हात पर्न सफल भएका हुन । १२ जना प्रतियोगीका बीच भएको प्रतियोगितामा भारतीय प्रतिस्पर्धी दोश्रो र सिंगापुरका अर्का प्रतिस्पर्धी तेस्रो भएका […]

हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो

सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो । डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको […]

१८ वर्षपछि हिउले छपक्कै ढाकिए डाँडा

धनकुटा, १४ पुस । धनकुटाका उच्च पहाडी भेगमा बाक्लो हिउँ परेर यहाँको जनजीवन प्रभावित बनेको छ । हिउँसँगै अहिले यस क्षेत्रमा अत्याधिक चिसो बढेको छ । धनकुटा–१ हिलेदेखि जोरपाटी, सिँधुवा हुँदै चित्रेसम्मको भाग हिउँले ढाकिएको हो । हिउँले ढाकिएका ती डाँडाहरु सेताम्मे देखिएका छन् । हिलेमाथिका डाँडामा पनि हिउँले ढाकिएको बताइएको छ । शुक्रबार दिउसोदेखि […]

गोकर्णेश्वरमा भारतीय व्यापारीले चलाएकाे धागो उद्योगमा आगलागी

काठमाडौंको गोकर्णेश्वर स्थित भगवती धागो उद्योगमा आगलागी भएको छ । भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका  ४ को उत्तरबाहिनी चोकमा संचानल गरेको भगवती घागो उद्योगमा  शनिबार  बिहान करिब ४ बजे विद्यतु सर्ट भइ आगलागी भएको महानगरीय  प्रहरी प्रभागका प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर  खड्काले  जानकारी दिए । आगलागीबाट मेसिन,जेनेरेटर लगायत अल्लो,उन जस्ता कच्चा पदार्थ जलेर […]

पलाता अग्नीपिडितका लागि कठायतले गरे २ लाख सहयोग

कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ लुसामा जन्मेर व्यवसायको सिलसिलामा चीनमा रहेका दिल बहादुर कठायतले ७० […]

एकाविहानै बालाजुमा ट्रिपरले किचेर सडक छेउमा चिया बेच्ने श्रीमानको मृत्यु श्रीमती घाइते

काठमाडौं, १३ पुस । बालाजुकाे बाइपासमा एकाबिहानै ट्रिपरले सडक छेउमा चिया बेचेर बस्ने बृद्धकाे ज्यान लिएकाे छ । तीब्र गतिमा अाएकाे ट्रिपर अनियन्त्रित हुँदै अाएर चिया बेचिरहेका दम्पतिमाथि पल्टिएपछि ५८ वर्षीय दलबहादुर विसंखेकाे मृत्यु भएकाे छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन । ना७ख ७००५ नंको ट्रिपर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेका बेला […]