नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर

म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका छन् […]

अर्बौ घोटाला काण्डको अर्को खुलासा । जग्गा घोटाला अख्तियारकै निर्देशनमा

काठमाडाैं‌, १ असाेज । नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ। निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को दफा २७ बमोजिम वार्ताको माध्यमद्वारा जग्गा खरिद गर्न खोज्दा आयोगले खरिद प्रक्रियामा अनियमितता हुन सक्ने भन्दै […]

एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं, ३१ भदाै । गैर अावासीय नेपाली संघ (एनअारएनए) काे अध्यक्ष पदमा भवन भट्टले अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् । काठमाडाैंकाे दरवारमार्गमा रहेकाे पाँच तारे हाेटेलमा पत्रकार सम्मेलनमार्फत भट्टले अाठाै विश्व सम्मेलनका लागि अाफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । दुर्इ कार्यकाल कार्यकाल एनअारएनएकाे उपाध्यक्षकाे भएर भूमिका खेलेका भट्टले अाफू अध्यक्ष बने एनअारएनमा उठान गर्ने एजेण्डाहरु […]

१३ वर्ष शनि ग्रहको फन्को मारेर वायुमण्डलमा ठाेक्किएर टुक्राटुक्रा भयाे कसिनी

काठमाडाैं । २० वर्षमा ८ अर्ब किलोमिटर यात्रा गरेको नासाको कसिनी अन्तरीक्षयान अन्ततः शनि ग्रहको वायुमण्डलमा ठोक्किएर समाप्त भएको छ। नासा, युरोपियन स्पेस एजेन्सी र इटालियन स्पेस एजेन्सीको सहकार्यमा सन् १९९७ अक्टोबर १५ मा सुरु भएको सो अभियान समाप्त भएको हो। कासिनीले गत १३ वर्ष त शनि ग्रहको वरिपरि घुमेर बिताएको छ। २००५ देखि यसले […]

पाँच वर्षदेखि हराएकी डोल्मा घर फिर्ता

काठमाडौँ, ३० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङका बारेमा राष्ट्रिय समाचार समितिमा समाचार प्रकाशन भएको हप्ता दिनपछि उनी नेपाल आइपुगेकी छन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । […]

सहरको धुलो व्यवस्थापन गर्न ७५३ स्थानीय तहलाई परिपत्र

काठमाडौँ, ३० भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने काम एवम् प्रदूषण नियन्त्रण गर्नका लागि अन्य उपायसम्बन्धी दशबुँदे परिपत्र जारी गर्दै सवारी साधनबाट निस्कने धुवाँ व्यवस्थापन गर्ने […]

स्वदेशमा उत्पादित धागो र कपडा मेला

काठमाडौँ, ३० भदौ । नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुरु भएको छ । नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आजबाट असोज ३ गतेसम्म ‘नेपाल यार्न एण्ड टेक्साटाइल एक्पो’ आयोजना गरेको हो । मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्नालगायत उत्पादन राखिएको छ । मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले […]

८० रुपैयाँ विद्युत् महसुल तिर्न २ हजार खर्च

तेह्रथुम, ३० भदौ । जिल्लाको पूर्वी क्षेत्रका दुई गाउँपालिकाका उपभोक्तालाई विद्युत् महसुल बुझाउन सास्ती भएको छ । ८० रुपैयाँ विद्युत् महसुल बुझाउन उपभोक्ताको दुई हजार खर्च हुने गरेको उनीहरू बताउँछन् । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार र फेदाप गाउँपालिकाका केन्द्रीय विद्युत् लाइन विस्तार भएको छ । पायक पर्ने स्थानमा विद्युत् महसुल संकलन केन्द्र स्थापना नहुँदा […]

प्राधिकरणमा पिपिएका लागि जलविद्युत आयोजनाको चाङ

काठमाडौँ, ३० भदौ । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत्् खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् । वर्षाको समयमा बढी विद्युत […]

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो […]