प्राधिकरणमा पिपिएका लागि जलविद्युत आयोजनाको चाङ

काठमाडौँ, ३० भदौ । निजी क्षेत्रका ऊर्जा उत्पादकले करिब छ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत्् खरिद सम्झौता (पिपिए)का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिएका छन् । गत आर्थिक वर्षदेखि हालसम्म आवेदन दिइएका ती आयोजनाका बारेमा प्राधिकरणले भने कुनै निर्णय गरेको छैन । ती सबैजसो आयोजना नदी प्रवाहमा आधारित आयोजना हुन् । वर्षाको समयमा बढी विद्युत […]

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो […]

पोखरालाई खेलकुदको शहरका रूपमा विकास गरिने

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरका रूपमा विकास गर्न मन्त्रालयले बजेट विनियोजन गर्न लागेको बताएका छन् । सहारा क्लब पोखराको १९औँं वार्षिकोत्सव तथा १०औँं अधिवेशनको उद्घाटन गर्दै उनले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे । सचिव दाहालले निजी क्षेत्रसँग […]

एनआरएनए जापानले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय बनाउन सघाउने

टोकियो, ३० भदौ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार विकासका लागि जापानस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकासअन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने भएको हो । नवगठित पदाधिकारीको बैठकले विमानस्थलका जीर्ण र अपुग भएका स्थानमा शौचालय बनाउन […]

ठूलो सङ्ख्यामा एक सिंगे गैडा बाढीले बगाएको निकुञ्जको अनुमान

चितवन, ३० भदौ । साउन अन्तिम साता आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाका धेरै बच्चा बगाएको अनुमान गरिएको छ । जसका कारण आउँदो वर्ष निकुञ्जमा गैँडा गणना गर्नुपर्ने प्रस्ताव निकुञ्ज कार्यालयले गरेको छ । सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिएको थियो । चार वर्षको फरकमा गैँडा गणना […]

देशभरका मम पसलदेखि तारे होटलहरु सबैकाे गणना गरिदै

काठमाडौँ, २९ भदाै । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ। हालसम्म प्रत्येक १० […]

ग्लोबल आइएमई बैंकको कामु सिईओमा पौड्याल नियुक्त

काठमाडौं । ग्लोबल आइएमइ बैंकले कामु सिइयोमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैक सञ्चालक समितिको बुधबार बसेको बैठकले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजिनामा दिएपछि सञ्चालक समितिले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । बुधवार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा पनि स्वीकृत […]

यी तरिका अपनाएर घरलाई आरामदायी बनाउनुस । घरमा खुसी नै खुसी ल्याउनुस

काठमाडाैं । धेरै घरहरू एकदमै सुन्दर तथा राम्रोसँग सजाइएका हुन्छन् । यस्ता घर देख्दा हामीलाई लाग्छ कि, त्यसलाई सजाउन तथा सामान मिलाएर राख्न धेरै मेहनत गर्नुपर्‍यो होला । कुनै पनि घरलाई आरामदायी तथा सहज बनाउन धेरै कुरामा ध्यान दिनुपर्छ । घर आफूलाई मात्र नभएर आगन्तुक सदस्यका लागि समेत राम्रो तथा आनन्द लाग्ने किसिमको हुनुपर्छ । […]

यसरी सास्ती पार्इरहेका छन् कोरियामा रहेका नेपाली कृषि मजदुर

दक्षिण कोरिया । लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन् उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा कार्यरत छन् । न्यौपाने भन्छन्, “नेपालमा […]

एनएमबी बैंकले विपन्नले तिरेको ब्याज फिर्ता गर्ने

काठमाडौं । एनएमबी बैंकले विपन्न वर्गका ग्राहकहरुलार्इ लक्षित गर्दै नयाँ याेजना सार्वजनिक गरेकाे छ । एनएमवीले अब बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पूर्ण ब्याज रकम फिर्ता गर्ने जनाएकाे छ । अाभार फाउन्डेसनसँग मिलेर एनएमवीले बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर याे याेजना ल्याएकाे हाे । जसका लागि बैंकले अाभा फाउन्डेसनसँग लघुवित्त सेवा सम्बन्धी सम्झौता […]