पोखरालाई यसरी बनाइने भयो स्मार्टसिटी

पोखरा, ५ असोज । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ । पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो । पोखरामा आज आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल […]

नेपालमा पर्यटन प्रचार गर्दै चीन

ललितपुर, ५ असोज । छिमेकी राष्ट्र चीनले नेपालमा आफ्नो पर्यटन प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना ग¥यो । चीन राष्ट्रिय पर्यटन प्रशासन र सिचुवान प्रान्त पर्यटन विकास समितिको आयोजनामा ‘पाण्डा सुन्दर, चीन अझ धेरै सुन्दर’ भन्ने नारासहित यहाँ पाण्डा पेन्टिङ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न विद्यालयका करिब ४० विद्यार्थीले पाण्डाको आकृतिमा रङ भर्ने […]

नेपाल टेलिकमले ल्यायो बोनसदेखि डाटामा भारी छुट योजना

काठमाडाैं । नेपाल टेलिकमले दशैंको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि छुट योजना ल्याएको छ। रिचार्ज बोनसदेखि डाटाहरुमा समेत छुटको घोषणा टेलिकमले गरेको छ। टेलिकमका जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल प्रयोगकर्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा २०७४ असोज ५ गते देखी १० गते सम्म पचास, सय, दुइसय, पाँचयस र हजार रुपैयाको रिचार्ज गर्दा दश प्रतिशत […]

उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन

काठमाडौँ, ५ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । कार्यालयले दशैँ, तिहार तथा छठ पर्वमा चोरी, ठगी, डकैती, लुटपाट, पाकेटमारी, करणी, मानव बेचविखन, अपहरण, झैझगडा जस्ता घटनाको निगरानी तथा आवश्यक कारबाहीका लागि उक्त जनशक्ति खटाउन लागिएको हो । […]

विद्यालय भवनका लागि प्रवासीबाट नौ लाख

म्याग्दी, ४ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहेका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका […]

एप्स सञ्चालनमा टेलिकमले एक महिना नि:शुल्क सेवा दिने

काठमाडौं । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । ‘वाउटाइम’ एप्स सञ्चालनमा आएपछि यो सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ । टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, […]

८८ किलो सुन प्रकरणमा काठमाडौैका ५ जना सुन व्यापारी पक्राउ

काठमाडौँ, ५ असोज । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सुनचाँदीकै व्यापारी रहेको बताइएको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी […]

एके–४७ राइफलका निर्माताकाे विशाल शालिक अनावरण

एजेन्सी । एके–४७ राइफलका अन्वेषक मिखाइल कालास्निकोवको सालिक रुसको राजधानी मस्कोमा अनावरण गरिएको छ। हालसम्म सबैभन्दा धेरै व्यक्तिको ज्यान लिएको विश्वास गरिने सो राइफलका निर्माताको सम्मानमा मस्कोको गार्डेन रिङमा उनको सालिक स्थापना गरिएको हो। १३ फिट अग्लो बैठकमा राखिएको १६ फिट अग्लो सालिक राखिएको छ, जहाँ कालास्निकोव एके–४७ राइफल समातेर उभिएका देखिन्छन्। ‘मेरो पितृभूमिको रक्षाका […]

बँदेलको आक्रमणमा परी पाँचजना घाइते

कञ्चनपुर, ४ असोज । जंगली बँदेलको आक्रमणमा परी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का पाँचजना मंगलबार घाइते भएका छन् । घर आँगनमा बिहान बसेका बेला एकाएक बँदेलले आक्रमण गरेको हो । नजिकैको सामुदायिक वनबाट बस्तीमा छिरेको बँदेलले आक्रमण गर्दा वर्ष २६ का सुरेन्द्र साउद, वर्ष ४५ की मनिता बोहरा, वर्ष २० का मानबहादुर साउद, वर्ष १८ का […]

सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन कुराकानी चर्चित

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उनीहरुबीच भएको ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरुबीच […]