काठमाडौं, २६ फागुन । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउने ६३ जनामाथि कारवाही गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले नारी दिवस र शनिवारको सार्वजनिक विदामा काठमाडौं उपत्यकामा नियम विपरित सरकारी गाडी चलाएकोले उनीहरुमाथि कारवाही गरेको जनाएको छ । शुक्रबार र शनिबार बिनापास विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउनेलाई कारबाही गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी […]
समाज
१०९औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा नेपाल महिला चेम्बरको छुट्टै कार्यक्रम
काठमाडौँ, २५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको बताएका छन् । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताए । उनले भने, “महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, […]
यातायात व्यवसायीले आफुखुशी भाडा बृद्धि गर्न थाले
काठमाडौँ, २५ फागुन । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् । बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ । […]
दशनामीको राष्ट्रिय महाधिवेशन विराटनगरमा
भक्तपुर, २४ फागुन । नेपाल दशनामी समाज केन्द्रीय कार्यसमितिको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । केन्द्रीय कार्यालय माइतीघरमा नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले आगामी चैत २ र ३ गते विराटनगरमा राष्ट्रिय महाधिवेशन हुने सञ्चारकर्मीलाई जानकारी दिए । सो महाधिवेशनमा देशभरका करीब ५०० प्रतिनिधि र स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी पर्यवेक्षकको […]
चिनियाँ राजदुत नेपाली पोशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेपछि सबै चकित
काठमाडौं, २४ फागुन । नेपालका लागि चिनियाँ राजदुत छन हाउ याङ्गी । हाउ याङ्गी राजदुत भएर नेपाल अाएकाे धेरै भएकाे छैन । तर, तिनै याङ्गी शुक्रबार नेपाली पाेशाकमा सजिएर नेपाली गीतमै छमछमी नाचेर चकित पारेकी छन् । चिनियाँ राजदुत याङ्गी १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अायाेजित एक कार्यक्रममा छमछमी नेपाली पाेशाकमा सजिएर मन्चमा नाचेकी […]
देशभरबाट मात्र ६ स्थानीय तह सम्मानित
काठमाडौँ, २३ फागुन । राष्ट्रिय महिला आयोगले ६ ओटा स्थानीय तहलाई सम्मान गरेको छ । महिला हक, अधिकारको संरक्षण गर्दै महिला हिंसा न्यूनीकरण गर्न महत्वपूर्ण योगदान गरेवापत ६ स्थानीय तह सम्मानित भएका हुन् । राष्ट्रिय महिला आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा तिनीहरुलाई सम्मान गरेको हो । सम्मान पाउने स्थानीय तहहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौँको […]
नौ वटा ग्याँस सिलिन्डर एकसाथ पड्केपछि टोलमा ठूलो त्रास
काठमाडौं, २३ फागुन । काठमाडौंको वसन्तपुर नजिक यट्खा टोलमा आगो लाग्दा ठूलो क्षति भएको छ । वसन्तपुरको मख्खन गल्लीमा रहेको यट्खा टोलमा दिउसो १२ बजे आगो लागेको हो । १२ बजे लागेको आगो अपरान्ह ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेन । न्यूरोडमा रहेको महानगरीय प्रहरी वृृत्त जनसेवाका प्रमुख डीएसपी वासुदेव खतिवडाले आगलागी पूर्ण रुपमा नियन्त्रणमा […]
रोल्पामा अज्ञात समूहद्वारा आगजनी
रोल्पा, २३ फागुन । त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन पुगेको छ । यसअघि गत […]
पशुपतिमा श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका साधु
काठमाडौँ, २३ फागुन । महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए । गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी […]
‘क्यान इन्फोटेक २०१९’ कर्णालीमा हुँदै
सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास […]








