मन्त्रालयको एउटै चिठीले पाँच हजार कर्मचारीको जागिर चट, कर्मचारीले दिए यस्तो खतरानाक चेतावनी

काठमाडाैं, १९ पुस । सामाजिक परिचालक भएर काम गरिरहेका करिव पाँच हजार कर्मचारीकाे जागिर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाे एउटै परिपत्रले चट भएकाे छ । स्थानीय निकायकाे निर्वाचन नभएका बेला सरकारले सन् २००८ जुलार्इ महिनादेखि सरकारले देशभर स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम लागु गरेकाे थियाे । उक्त कार्यक्रम अन्तर्गत करिव पाँच हजार कर्मचारीले […]

नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् । आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही […]

अत्याधुनिक चिनियाँ मेसिनबाट भेरी बबई डाइभर्सनको सुरुङ खन्न सुरु

काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको […]

नेपाल–भारत संयुक्त टोलीद्वारा सीमाको सर्वेक्षण शुरु

कञ्चनपुर, १८ पुस । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन तथा अवलोकन कार्य थालेको हो । संयुक्त टोलीले भीमदत्त नगरपालिकाको बम्हदेवस्थित सीमास्तम्भ नम्बर ८११ सम्म रेखांकनको कार्य गर्ने टोली सदस्य पूर्णबहादुर खड्काले बताए । गत […]

शाली नदीमा एकमहिने कठोर माधवनारायण ब्रत सुरु

शालीनदी, साँखु, १८ पुस । मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत शुरु भएको छ । स्वस्थानी व्रत सोमबार नै शुरु भए पनि साँखु शालीनदी मेला भने आजदेखि शुरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको […]

भूकम्पपीडितका लागि अाएकाे दुई करोडको राहत नष्ट

नुवाकोट, १८ पुस । जिल्लाका भूकम्पपीडितका लागि ल्याइएका खाद्यान्नसहितका राहत सामग्री प्रयोगविहीन भएकाले नष्ट गरिएको छ । विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद गुज्रिनुका साथै कुहिएर प्रयोगविहीन भएकाले एकसाता लगाएर नष्ट गरिएको हो । विसं २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएलगत्तै वैशाख र जेठ महिनामा विभिन्न संस्था र दातृराष्ट्र प्राप्त राहत […]

जाजरकोटदेखि रुकुम राडीसम्म सिधा यातायात सेवा सुरु

जाजरकोट, पुस १८ । जाजरकोट सदरमुकामदेखि रुकुमको आठबिसकोट नगरपालिकाको राडी बजारसम्म सीधा यातायात सेवा शुरु भएको छ । सोमबार जाजरकोट क्षेत्र नं ‘क’का नवनिर्वाचित प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा सिस्ने हिमाल यातायात समिति रुकुम र भेरी गंगा बस व्यावसायिक समिति जाजरकोटबीच भएको छलफलबाट आज बिहानदेखि धीधा यातायात सञ्चालन गर्ने सहमति भएको थियो । भेरी गंगा […]

जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

गौशाला, १८ पुस । महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताए । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् । […]

नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द

चितवन, १८ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम […]

रानीपोखरीको पुनर्निर्माणबारे पाँचदिनभित्र सुझाव दिन सर्वसाधारणलाई आह्वान 

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा सर्वसाधारणसँग सुझाव मागेको छ । पाँच दिनको समय राखेर महानगरपालिकाले सर्वसाधारणसँग सुझाव मागेको हो । कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार आजदेखि पाँच दिनका लागि सुझाव दिन खुला गरिएको छ । सर्वसाधारणले रानीपोखरी पुनःनिर्माण सम्बन्धमा आफ्ना धारणा वा सुझाव दिन सक्नेछन् । सर्वसाधारणले विज्ञ समूहको सचिवालय […]