काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन । हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको […]
समाज
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल गर्दै मन्त्रालय
काठमाडौँ । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो। मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, […]
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ । प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । सिन्धुपाल्चोकको […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। जसको प्रभावले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। मधेस प्रदेश […]
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब […]
मिटरब्याजी अभियोगमा पक्राउ परेका एकै घरका ३ जना कारागार चलान
जनकपुरधाम । जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । ठगी (अनुचित लेनदेन) र आपराधिक […]
मोदीखोलामा बाढी : मन्दिरमा फसेका तीन जनालाई रोप रेस्क्युबाट उद्धार
काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीका कारण मन्दिर परिसरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। बाढीले शुक्रबार बिहान कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएपछि उनीहरू मन्दिर परिसरमै फसेका थिए। सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार हुनेमा कास्कीको पोखरा महानगरपालिका–१८, सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको […]
जाजरकोटमा बाढीको कहर : ४ घर र टहरा बगायो, झोलुङ्गे पुलमा क्षति
काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले चार घर र एउटा टहरा बगाएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ भने झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिका–१०, रोलीस्थित तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक […]
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेश : सोमबार उपस्थित गराउन निर्देशन
काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्तीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई वैयक्तिक […]
नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौँ । नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटना भएको हो । ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । मृतक तीन जनामध्ये […]










