सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे। ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम […]
समाज
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु, ८ घाइते
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले […]
सशस्त्रले बनायो १७ बुँदे निर्वाचन परिचालन नीति
काठमाडौं । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ । आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए । निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको […]
चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की , ४ मन्त्री थपिने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । बिहीबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् । आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय […]
धुर्मुसको प्रस्टोक्ति – छोरीको उपचार गर्न अमेरिका आएका हौं, फर्कन्छौं
काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले आफू छोरीको उपचारका लागि अमेरिका आएको बताएका छन्। शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेखेर धुर्मुसले आफू श्रीमतीसहित छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेपछि विवादमा तानिएका धुर्मुस सपरिवार अमेरिका भागेको भनेर शुक्रबार सामाजिक सञ्जालमा चर्चा भएको थियो। त्यसपछि धुर्मुसले फेसबुकमार्फत बकपत्र जारी गरी आफू भागेको […]
नेपाली सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
काठमाडौं । नेपाली सेनाले प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ । प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाइएको हो । नर्सिङ ओभरसियर, भेहिकल मेकानिक्स, भिडियो ग्राफर, प्रचारप्रसार, इलेक्ट्रिसिएन, डिस्प्याचर, कम्प्युटर, डेण्टल, ध्वनी सम्पादन, ब्याण्डलगायतका पदमा भर्ना खुलेको छ । खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा […]
प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो
काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा […]
गोवामा ज्यान गुमाएका ५ नेपालीको सनाखत, शव नेपाल ल्याइँदै
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको […]
दाङको कौडिया पुलबाट खसेर यात्रुबाहक बस दुर्घटना
काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको […]
एमाले महाधिवेशन लक्षित गर्दै नागढुंगा-मलेखु सडक २ दिन पूर्ण सञ्चालन हुने
काठमाडौं । एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ । २६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ । यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो […]











