काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटमाथिको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो । सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश […]
समाज
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति
काठमाडौं । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
भिजिट भिसा प्रकरणमा जोडिएपछि मन्त्रालय तानिए म्याग्दीका सीडीओ तिवारी
काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो । तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको […]
सामान्य अंकले बढ्यो नेप्से
काठमाडाैँ । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केहीबेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । आज नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । आज दिनभरमा ३ अर्ब ४४ करोड १९ […]
तीन वर्षसम्म पनि धितो नबिके बैंकहरूले सम्पत्ति सकार्न पाउने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोमा रहेको सम्पत्ति बिक्री नभए आफैले सकार्न पाउने भएका छन्। ‘कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्नेछ’, राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र भनिएको छ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा […]
ओलीले टुंगो लगाए आफ्नो प्यानलबाट पदाधिकारीको टीम, ज्ञवाली र भट्ट असन्तुष्ट
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले भने असन्तुष्टि व्यक्त गरेका छन्। नेताहरु नेता प्रदीप ज्ञवाली र लेखराज भट्टले असन्तुष्टि जनाएका हुन् । स्रोतका […]
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते
काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बोन्डी बीच नजिकैको पार्कमा गोली चलेको थियो । प्रहरीका अनुसार मृतकमध्ये एक जना […]
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
काठमाडौं । अदालतको हस्तक्षेपपछि दक्षिण कोरियामा सीपयुक्त कामदार पठाउने ई–७ भिसासम्बन्धी कार्यविधि फेरि कार्यान्वयनको बाटोमा पुगेको छ । ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा वैदेशिक रोजगार विभागले लगाएको रोक उच्च अदालत पाटनको आदेशपछि फुकुवा भएको हो । वैदेशिक रोजगार विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै उक्त कार्यविधिको कार्यान्वयन […]
काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद रुबी पौडेलले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ […]
कम्युनिस्ट सरकारले केही गरेन’ भन्ने आरोप गलत : माधव नेपाल
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले कुनै कामै नगरेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा देशका लागि महत्वपूर्ण विकासका कामहरू सम्पन्न भएको दाबी गरे। ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम […]











