पहिरोले कोशी राजमार्गको चैनपुर-बसन्तपुर सडक अवरुद्ध

संखुवासभा । पहिरोले कोशी राजमार्ग अन्तरर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नfयव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । सडक अवरुद्ध भएपछि चैनपुर देखि बसन्तपुर आवतजावत गर्ने सवारी साधन ठप्प भएको छ । वर्षाका कारण शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट […]

धादिङको बेनीघाट क्षेत्रमा पहिरो, दुवैतर्फको यातायात अवरुद्ध

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ । धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ । गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए । साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ । वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै […]

यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी बने उत्कृष्ट युवा खेलाडी

काठमाडौं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलका विजेता बने । स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको खेल सञ्चालन गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सी […]

आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?

काठमाडौँ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । यसै सन्दर्भमा आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् […]

कुलेश्वरमा प्रहरीले गोली चलायो, दुई जना पक्राउ

काठमाडौं। काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेपछि दुई राउण्ड गोली चलाएको जनाएको छ। उक्त टोलीको नेतृत्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवले गरेका […]

आजको मौसम : यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा […]

फिफा विश्वकप २०२६ : फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो

काठमाडाैँ । मियामीमा भएको फिफा विश्वकप २०२६ को अत्यधिक सनसनीपूर्ण र रोमाञ्चक तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा इङ्गल्याण्ड विजयी भएको छ । कुल १० गोल भएको विश्वकप इतिहासकै एक अत्यन्तै रोमाञ्चक र यादगार खेलमा फ्रान्सलाई ६–४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो । यस जितसँगै इङ्गल्याण्डले सन् १९६६ पछिको विश्वकपमा […]

जोखिमलाई मध्यनजर गर्दै २३ जिल्लामा रातको समयमा सवारी चलाउन रोक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय […]

अस्पतालमै पुगेर ८० युवाले गरे रक्तदान

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीले संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) को जन्मदिन पारेर रक्तदान कार्यक्रम गरेको छ । बर्ष २०२६-२७ का अध्यक्ष लियो लक्ष्मण खनालले संस्थापक अध्यक्षको जन्मदिन र आफ्नो कार्यकालको पहिलो कार्यक्रम रक्तदान जस्तो मानवीय कार्यबाट सुरु गर्न पाँउदा खुशी व्यक्त गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रशासन प्रमुख प्रेम […]

झापामा कारले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

विराटनगर । झापाको गौरीगन्जमा कारले मोटरसाइकललाई ठक्क दिँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज–२ कृष्ण खोला नजिक भएको दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र सोही ठाउँका ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको हो । मोहमद नुर मोटरसाइकल चालक हुन् । हक मोटरसाइकल पछाडि बसेका थिए […]