पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सारियो

इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सारिएको छ। विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानलाई बिहीबार अस्पताल सारिएको उनको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले जनाएको छ। पूर्वप्रधानमन्त्री खानलाई इस्लामावादको शिफा अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो। ७३ वर्षीय खानका वकिलहरूले जेलमा उनको स्वास्थ्य बिग्रिएको र दाहिने आँखाको दृष्टि […]

सर्वोच्चद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर

काठमाडौं । सर्वोच्च अदालतले सरकारले नेपाल वायु सेवा निगमको कायकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उनीविरुद्ध उपेन्द्रबहादुर कार्कीले अन्तिम सुनुवाइ गर्दै नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो । साथै, कार्कीले आफू अध्यक्ष हुनपर्ने भनेर राखेको मागमा भने दाबी नपुगेको सर्वोच्चले आदेशमा भनेको छ […]

काठमाडौँ उपत्यकासहित १९ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीसहित यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा […]

अमेरिकामा सरकारी सुविधा लिने आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्ने

वासिङ्टन । अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका आप्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ । ट्रम्प प्रशासनले ‘पब्लिक चार्ज’ अर्थात् सरकारी सुविधामा निर्भर व्यक्तिसम्बन्धी नियमको दायरा विस्तार गरेको छ । नयाँ व्यवस्थाअनुसार सरकारी आर्थिक सहायता लिएका केही आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्नेछ । अमेरिकी नागरिकता तथा आप्रवासन […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने, मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको […]

सरकारको कार्यशैलीप्रति सांसदहरू असन्तुष्ट, छलफल बोलाएर बाहिर गुनासो नपोख्न रविको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउन थालेपछि पार्टी सभापति रवि लामिछानेले मन्त्री र सांसदहरूलाई समेटेर विशेष छलफल गरेका छन्। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा करिब तीन घण्टा चलेको उक्त भेटघाटमा लामिछानेले आन्तरिक विषय, असन्तुष्टि र गुनासाहरू बाहिर नलगी पार्टी र संसदीय दलभित्रै संयमित भएर राख्न निर्देशन दिएका हुन्। […]

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्। डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने […]

ट्रम्पको होर्मुज दाबीपछि इरानी व्यङ्ग्य : ‘क्यालिफोर्निया इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर दाबी गरेपछि इरानी कूटनीतिज्ञहरूले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। भारतस्थित इरानी कूटनीतिज्ञहरूले अमेरिकाको नक्सा सार्वजनिक गर्दै क्यालिफोर्नियालाई हाइलाइट गरेर त्यसमा ‘इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’ लेखेका छन्। भारतको हैदराबादस्थित इरानी वाणिज्य दूतावासले उक्त नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेको हो। यो पोस्ट स्पष्ट रूपमा व्यङ्ग्यात्मक […]

देशभर मनसुनी वायुको प्रभाव : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली […]

छानबिन समितिको निष्कर्ष : देवानगञ्ज र गोलबजारमा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भयो

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा चार जनाको ज्यान जाने गरी भएका दुखद घटनामा सुरक्षाकर्मीबाटै गोली चलेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। गृह मन्त्रालयद्वारा गठित दुई अलग-अलग छानबिन समितिले आफ्नो अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउँदै उक्त कुरा सार्वजनिक गरेका हुन्। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद र […]