आजको मौसम : देशको यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई […]

मध्यरातमा विशेष भिडियो सन्देश जारी गर्दै मोदीले आन्दोलनरत पक्षलाई के भने ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्। बिहीबार राति ११:५२ बजे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत […]

काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सरकारका नाममा विभिन्न निर्देशनात्मक आदेशसहितको परमादेश जारी गरेको छ । अदालतले फोहोर व्यवस्थापनमा देखिएको नीतिगत र व्यावहारिक झन्झट हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिवको संयोजकत्वमा एक समन्वय समिति गठन गर्न आदेश दिएको छ, जसमा सम्बन्धित मन्त्रालयका सचिवहरू र उपत्यकाका महानगरका प्रमुख प्रशासकीय […]

तामाकोशी बाढीले सडक कटान गरेपछि मन्थली–चरिकोट सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ । बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको हो। साथै दोलखाबाट तराईसहित कोशी प्रदेशका जिल्ला जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् । […]

रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेपछि निजामुद्दिन अन्सारी प्रहरी हिरासतमा

काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सांसद् साहले बुधबार उजुरी दिएपछि अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख […]

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)

काठमाडौं । पछिल्लो केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको पछिल्लाे तथ्याङ्क अनुसार, पाँचवटा प्रदेशका दर्जनौँ सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ हाल एकतर्फी मात्र यातायात सञ्चालनमा छ। […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ […]

बैंकिङ कसुर मुद्दामा फरार व्यवसायी शंकर अग्रवाललाई पक्राउ

काठमाडौँ । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले बताए । एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा […]

दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् । यसअघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ […]