जाजरकोटमा बाढीको कहर: चार घर बगे, पुलमा क्षति; भेरी करिडोर अवरुद्ध

जाजरकोट । लगातारको वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखिको अविरल वर्षाले नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा पानीको बहाव अस्वाभाविक रूपमा बढेपछि सडक अवरुद्ध भएको हो। उर्लिएको खोलाले सडकसँगै आसपासका विभिन्न संरचनामा समेत क्षति […]

देशका विभिन्न राजमार्ग बन्द, यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी सडकखण्डमा अवरोध देखिएको छ। बागमती प्रदेशका विभिन्न मुख्य सडकमा सबैभन्दा बढी प्रभाव परेको छ। सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गका केही स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। […]

आजको मौसम: कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा आफ्नो औसत स्थानको आसपास रहे पनि पश्चिमी क्षेत्रमा भने औसत स्थानभन्दा उत्तरतर्फ, नेपालको नजिक रहेको छ। यसको प्रभावले अहिले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा बदली भएको छ। लुम्बिनी, […]

सुदूरपश्चिममा सत्ता परिवर्तन: आजै मुख्यमन्त्री बन्दै खगराज भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन्। प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्री पदमा […]

मोदीखोलामा बाढीको कहर: कास्की–पर्वत जोड्ने पुल बगे, मन्दिरमा तीन जना अलपत्र

काठमाडौं । अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा मेटल पुल बगाएको छ। बाढीका कारण नदीको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा तीन जना फसेका छन् भने उनीहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार राति करिब २:१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा […]

पत्रकार श्रेष्ठलाई हतकडी लगाएर अदालत पुर्‍याइयो

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका […]

पाँच महिनापछि काठमाडौँ आइपुगे शेरबहादुर देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्केका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने लगायतले स्वागत गरेका थिए। देउवालाई बाजागाजासहित स्वागत गरिएको नेताहरूले […]

रोल्पा पहिरो अपडेट : मृतकको सङ्ख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा गएराति गएको पहिरामा परि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। अविरल वर्षाका कारण माथिबाट आएको पहिराले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको थियो। पहिरामा परेर थबाङ ५ की १८ वर्षीया शान्ती पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको थियो। उद्धारका […]

रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ घाइते

रोल्पा । रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा राति आठ बजेर ४० मिनेटमा पहिरो झर्दा थबाङ गाउँपालिका-५ बस्ने वर्ष ६० का कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ती पुनमगरको मृत्यु भएको हो । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय […]

पक्राउ परेका पत्रकार श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?

काठमाडाैँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे। युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे। साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग […]