चितवन । सिन्धुलीबाट विद्यालयको शैक्षिक भ्रमणमा आएकी एक छात्राको हाटेलको छतबाट लडेर मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहामा रहेको एक होटेलको छतबाट लडेर उनको मृत्यु भएको हो । मृत्यु हुने विद्यार्थी सिन्धुलीको सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ की १८ वर्षीय […]
समाज
अध्यागमन विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने
काठमाडौँ । अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढंगले सङ्कलन, अभिलेखन र विश्लेषण गर्नका लागि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने तयारी गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षा सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि यो प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्। उनले मुलुकमा प्रवेश गर्ने […]
कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
काठमाडौँ। काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासनले जारी गरेको सूचना अनुसार, २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान […]
धोबीखोलामा साइकलसहित मृत भेटिए काभ्रेका ५० वर्षीय गिरी
काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजेको समयमा काठमाडौँ महानगरपालिका-२९ मा शव फेला परेको हो। मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा […]
यमरी पुन्ही : विज्ञान, कृषि र प्रकृतिमैत्री पर्व
सूर्यमढी-९, भक्तपुर । सकिमाङा पुन्ही सकिएपछि नेवार समुदायमा नेपाल सम्वतको दोस्रो पर्वकोरूपमा यमरी पुन्ही मनाइन्छ । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व झै यो पनि विज्ञान, पेशा र प्रकृतिमैत्री छ । यमरी एक परम्परागत नेवार परिकार हो, जुन विशेषगरी यमरी पुन्ही पर्वमा बनाइन्छ र खाइन्छ। यमरी दुई अक्षर मिलेर बनेको छ जसमा य:को अर्थ […]
किराँत समुदायले उधौली पर्व मनाउँदै, यःमरी पुन्हि पनि आजै
काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमा ! किराँत, नेवार र खस आर्य समुदायले नयाँ अन्नबाली भित्र्याएको खुशी र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना–आफ्ना चाड पर्व मनाइरहेका छन्। किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन्। किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम […]
एनपीएलमा आज काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन भिड्दै
काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राईनोज आमनेसामने हुनेछन्। पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय गरिएको छ। हालसम्म अपराजित […]
यस्तो रहनेछ आज देशभरको मौसम !
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम […]
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने
काठमाडौं । नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी […]
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ । उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको […]










