विद्युत प्राधिकरणलाई तार काटेकोमा आइस्पानले दियो यस्तो चेतावनी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोलभाडाको निहुँमा विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरुका डेटा सेन्टर, पीओपीमा प्रयोग भइरहेको विद्युत लाइन काटेको भन्दै जुनसुकै बेला इन्टरनेट सेवा अबरुद्ध हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दिएको छ। इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाइन काटिएको भन्दै आइस्पानले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको जनाएको छ। यता […]

हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड […]

भक्तपुरका नगरवासीलाई मेयर प्रजापतिको पहिलो उपहार : मेलम्चीको पानी वितरण सुरुवात

भक्तपुर, १२ जेठ ।   भक्तपुरका नगरवासीले दोश्रो पटक पनि चुनेका सुनिल प्रजापतिले दोश्रो कार्यकालको पहिलो उपहार मेलम्ची खानेपानी वितरणबाट  सुरुवात गरेका छन्  । भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्रहिमालय श्रेष्ठले आज बिहीबार दिउँसो १२ बजेको शुभ साइतमा संयुक्त रूपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरवासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । […]

काठमाडौँ महानगर १५ मा एकीकृत समाजवादीको पुरै प्यान विजयी

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका वडा नं १५ मा नेकपा ( एकीकृत समाजवादी) को पुरै प्यान विजयी भएका छन् ।   नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार ईश्वरमान डङ्गोल  तीन हजार ४७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ यसअघि काठमाडौँ महानगरपालिकाका प्रवक्ता हुनुहुन्थ्यो । अघिल्लो २०७४ स्थानीय निर्वाचनमा नेलापा एमालेबाट वडा अधक्ष्यमा निर्वाचित भएका थिए […]

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु

गोरखा, १२ जेठ  । गोरखा र धादिङको सिमाना भएर बग्ने  बुढीगण्डकी खोलामा ड्याम  निर्माण गरि  जलविद्युत् आयोजना बिस्तार गर्दा  डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरण सुरु भएको छ । आयोजनाको मुआब्जा, वातावरण, पुनर्वास तथा पुनःस्थापना इकाईले प्रभावितको खातामा रकम निकासा गरेको हो । आयोजनाको मुआब्जा, वातावरण तथा पुनःस्थापना इकाई प्रमुख जगतकुमार श्रेष्ठले पहिलो चरणमा […]

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण […]

पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरिप्रसाद घिमिरे रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । फेदीमा अस्वस्थ महसुस गर्नुभएर बेहोस हुनुभएका घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए । परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उनकै गृहजिल्ला पठाइसकिएको पाथीभरा […]

फस्ट रनरअप सुस्मितामाथि बलात्कार घटनाः पीडित युवतीको घरमा पुग्यो प्रहरी

काठमाडौँ । ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो । प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली उनको घरमा पुगेको हो । कार्यालयका प्रमुख एसएसपी […]

खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो

काठमाडौं । खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको तीन सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । यसपछि […]

अस्मिता अधिकारीलाई छिन्नलता पुरस्कार

काठमाडौँ । गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैँ गायिकाले खुशीको सिमा नरहेको बताएकी छिन् । छिन्नलता पुरस्कार !ओहो! छिन्नलता लेख्दै गायिका अधिकारीले सम्मानित हुन लागेको थाहा पाउँदा […]