मारिएको आशंका गरिएको किमकी काकी नयाँ वर्ष समारोहमा उपस्थित

एजेन्सी, १३ माघ । मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या भएको थियो। धेरैले किम क्योङ हुइको पनि हत्या भइसकेको अनुमान गरेका थिए। उनी किम इल सुङकी […]

आज देशका केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, १३ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो […]

तिव्र रुपमा फैलिदै कोरोनाभाइरस, नियन्त्रण गर्न ठूलो चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै मानिस सो भाइरसका कारण गम्भीर न्युमोनियाको सिकार भएका छन् । सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तको वुहानमा २,००० शय्याका दुईवटा […]

गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठल दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो […]

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

काभ्रे, १२ माघ । त्यस्तै काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । शनिबार पाँच खालबाट धुलिखेल आउँदै गरेको बा ८५ प ६०२६ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा ४ […]

सिन्धुलीमा माइक्रोबस दुर्घटना एकको मृत्यु, थप विवरण आउन बाँकी

झापा, १२ माघ झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुली’मा दु’र्घटना भएको छ । आइतबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–२ बिपीराजमार्ग अन्तर्गत ढुङ्रेबज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’ बनाउन चाइनिज हिरोले गरे २ करोड भन्दा बढी सहयोग

काठमाडौं – कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी […]

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना पक्राउ

काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगरसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सडक दुर्घटनामा परि दुबईमा एक नेपालीको मृत्यु

एजेन्सि। युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका रमेश कामीको मृत्यु भएको हो। उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्यान […]

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पश्चिम बंगालतिर

काठमाडौँ, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान […]