समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, ६ चैत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार बुधबार राति ८ बजे उनलाई गंगालाल अस्पताल भर्ना गरिएको हो। ‘उनलाई राति अचानक ढाड दुखेपछि अस्पताल भर्ना गरिएको हो,’ भट्टराईका प्रेस सल्लाहकारसमेत रहेका पाण्डेले भने, ‘सबै परीक्षणको रिपोर्ट नर्मल आएको छ, अब […]

इटलीमा कोरोनाले एकै दिन ४७५, इरानमा १४७ जनाको मृत्यु

एनेन्सी, (कोभिड- १९) कोरोना भाइरसका कारण इटलीमा एकै दिन ४७५ जनाको मृत्यु भएको छ। बुधबार इटलीको लोम्बार्डीमा मात्रै ३ सय १९ जना र अन्य क्षेत्रमा १५६ जना गरी ४७५ जनाको मृत्यु भएको हो। इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। ४ हजार २५ जना उपचार पछि घर फर्किएका छन्। इटलीमा २८ […]

त्रिविले गर्यो चैतमा हुने सबै परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सुरू हुने भनिएको स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘स्नातकोत्तर तह सेमेस्टर प्रणालीअन्तर्गतका सबै परीक्षा शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ,’ त्रि.वि. सभा तथा […]

अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार […]

नेपालमा कोरना आउदैन भन्नु गल्ती हो विश्व स्वास्थ्य संगठन

काठमाडौँ, ५ चैत । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ति हुने बताएका छन्। विश्वका विकसित वा धनी वा कुनै पनि स्त्याट्स भएका देशले अरु देशमा कोरोना भाइरस लाग्यो तर हाम्रोमा लाग्दैन भन्ने सोच राखेका छन भने त्यो उनीहरुको लागि गम्भीर गल्ती […]

काठमाडौंबाट १० लाख मास्कसहित एक जना पक्राउ

काठमाडौं, ५ चैत । प्रहरीले काठमाडौंको सानो भ(याङबाट १० लाख थान सर्जिकल मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ।कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला यो परिमाणको मास्क बरामद भएको हो। प्रहरीले गोरखाका युवराज न्यौपानेलाई पक्राउ गरेको अपराध महाशाखा प्रमुख एसपी सहकुल थापाले जानकारी दिए।

आयल निगमले भन्छ बजारमा पेट्रोलियम पदार्थको अभाव छैन ।

काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेका बेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशिल कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग […]

नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

भक्तपुर, ५ फागुन । (नेमकिपा) नेपाल मजदुर किसान पार्टिको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउपरेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ हात्तीगौंडा बस्ने पुर्कुटीलाई […]

(कोभिड-१९) शंकामा टेकु अस्पतालमा पाँच विदेशी भर्ना

काठमाडौं, ५ चैत । (कोभिड-१९) आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए । उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो । एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि […]

प्रवेश पत्र उपलब्ध गराईदिने भन्दै विद्यार्थीसँग घुस लिदै गर्दा रंगेहात हेडमास्टर पक्राउ

जनकपुरधाम, ५ चैत । धनुषामा विद्यार्थीसँग घुस लिने हेडमास्टर रंगेहात पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई अख्तियारले विद्यालयबाटै घुसहित पक्राउ गरेको हो । बिहीबारदेखि सुरु हुन लागेको एसईई परीक्षाको फारम अघि नभरेको बहानामा प्रवेश पत्र उपलब्ध गराउन एक परीक्षार्थीबाट घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको छ […]