गोमालाई भाटभटेनीका गुरुङले दिए १ लाख, एमबीबीएसको खर्चसमेत ब्यहोर्ने आश्वासन

भक्तपुर । इँटाभट्टामा मजदुरी गर्ने बाबुआमालाई सघाउदै एसईई तयारी गरेकी गोमा श्रेष्ठले ४ जीपीए हासिल गरेपछि प्रख्यात भाटभटेनी सुपरमार्केटको नजर पनि उनीमाथि परेको छ । उनले एमबीबीएस पढ्ने र डाक्टर बन्ने अठोट राखेकी सञ्चार माध्यमबाट थाहा पाएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले गोमाको एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने आश्वासन दिएका […]

फरार प्रतिवादी ४५ वर्षपछि पक्राउ

इलाम । कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी ४५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति इलाम सन्दकपुर-५ का तील बहादुर गुरुङ रहेका हुन् । ७६ वर्षको उमेरमा उनी प्रहरीको फन्दामा परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सूचना अधिकारी रहेका प्रहरी निरीक्षक संजीव बोगटीले गुरुङ कर्तब्य ज्यान मुद्दामा […]

दुई गायिकाले भेटे गृहमन्त्री, गाली गर्नेलाई कार्वाही गरिदिन आग्रह

काठमाडौं । सामाजिक सञ्जालमा दुव्र्यवहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् । गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या […]

रौतहटमा सर्पको डसाइबाट गयो दुईजनाको ज्यान

रौतहट जिल्लामा सर्पको डसाइबाट दुई जनाको ज्यान गएको छ। गर्मी मौसमसँगै सर्पदंशका घटनाहरू बढ्न थालेका छन् भने जनजीवनमा त्रास फैलिएको छ। पहिलो घटना कटहरिया नगरपालिका–५, कटहरिया पानी टंकी टोलमा भएको हो। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख, वरिष्ठ सई विनोध राना मगरका अनुसार स्थानीय २५ वर्षीया रिंकु देवी साहको सर्पदंशबाट मृत्यु भएको हो।  रिंकु देवीलाई आज […]

समाजवादी जीवनशैलीतर्फ नगई हुँदैन- प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनलाई अरुकालागि प्रेरणादायी बनाउन प्रेरित गरेका छन् । शनिवार पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई मध्यपुर थिमिमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जीवन कस्तो बनाउने आफ्नै हातमा भएको प्रष्ट पारे । “मृत्यु हाम्रो हातमा छैन तर, जीवन कसरी बाच्ने हाम्रै हातमा छ ।” उनले […]

सेफ्टी ट्यांकीमा डुबेर गयो दुई बालबालिकाको ज्यान

रौतहट र। रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत एकजनाको ट्वाईलेटको सेफ्टी ट्यांकीमा डुबेर दुईजना  बालबालिकाको मृत्यु भएको छ।  चन्द्रपुर- १० बिनुवा टोलका हृदय पासवानको घरको  ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबेर सोही ठाउँ बस्ने जगदिश साहको छोरी बर्ष १ की छोरी खुश्बु साह र गम्भीरा साहको छोरा १ वर्षको छोरा रञ्जे साहको  मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक […]

वीरगञ्जमा सुरक्षित गर्भपतनका लागि ‘युवा पहुँच परियोजना’

वीरगञ्ज । वीरगञ्जमा किशोर तथा युवामाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारी विस्तार गर्ने उद्देश्यले ‘युवा पहुँच परियोजना’ सञ्चालनमा आएको छ। विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवालाई लक्षित गर्दै यो परियोजना विद्यालय, कलेज र समुदायस्तरमा सक्रिय रूपमा काम गरिरहेको छ। परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम र उपलब्ध निःशुल्क सेवाबारे […]

पत्रकारको सुरक्षा र सूचनाको विश्वसनीयता अपरिहार्य : गृहमन्त्री लेखक

ramesh lekhak

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्-संवेदनशील पत्रकारिता गर्दा अग्रपंक्तिमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूले सम्प्रेषण गर्ने सूचनाको विश्वसनीयता सुनिश्चित गर्न अत्यावश्यक रहेको बताएका छन्। विपद् पत्रकारिता सञ्जालद्वारा मंगलबार काठमाडौंमा आयोजित “विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मिडियाको भूमिका” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखकले नेपाली भूगोल उच्च जोखिमयुक्त भएकाले कुनै पनि बेला विपद् आइपर्न […]

बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

पुरस्कार पाउनुपर्नेमा सजाय पाएको भन्दै भावुक स्टाटस लेखेर ३४ वर्षिय डा श्रेष्ठ सम्पर्कविहीन

अपडेट : भावुक स्टाटस लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ भेटिएका बताइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका–३ बाट उद्धार गरेको बताइएको छ ।   काठमाडौ । रामेछापस्थित बागमती प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहीसकेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका छन् । फेसबुकमा आत्मदुख […]