सर्वोच्चलाई लिखित जवाफ पठाउँदै ओलीले भने : मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले

काठमाडौँ । सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध रिट दायर गर्नेहरुलाई नै ‘मानसिक रोगी’ को संज्ञा दिएका छन्। जेन जी आन्दोलनको दमन, किशोरकिशोरीको मृत्यु र सेना परिचालनमा लापरबाही गरेको आरोपमा दायर रिटमाथि सर्वोच्चमा बुझाएको लिखित जवाफमा ओलीले रिट दर्ता गर्ने पक्षलाई ‘मनोरोगग्रस्त’ संज्ञा दिँदै उनीहरूको मागलाई ‘न्यायिकरूपले अवैध र आधारहीन’ दाबी गरेका […]

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रवि र छवीको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ। लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो । उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा […]

आकांक्षी धेरै भएपछि एमालेमा विधान महाधिवेशनको निर्णय उल्ट्याउने ओलीको तयारी

काठमाडौँ । आकांक्षी नेताको चाप बढेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनका निर्णय उल्ट्याउने तयारी थालेका छन्। पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटीको आकार घटाउने दोस्रो विधान महाधिवेशनको निर्णय कार्यान्वयन गर्न नसकिँदा ओलीले संरचना पुनः पुरानै जस्तै कायम राख्ने संकेत दिएका छन्। ओली निकट स्थायी समिति सदस्यका अनुसार कमिटीको संख्या पुनः बढाउने […]

मधेसवादी तीन दलद्वारा पार्टी एकताको घोषणा

काठमाडौँ । तीन वटा मधेशवादी दलहरूले पार्टी एकता गर्ने घोषणा गरेका छन्। महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल), हृदयेश त्रिपाठी अध्यक्ष रहेको को जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकता गर्ने घोषणा भएको छ। बुधबार तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गर्दै जारी गरेको […]

सरकार र जेनजीबिच भयो १० बुँदे सम्झौता, हेर्नुहोस् पूर्णपाठसहित

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ’जेनजी’ जनआन्दोलनका मागहरू सम्बोधन गर्ने भन्दै नेपाल सरकार र आन्दोलनकारी शक्तिबिच १० बुँदे विस्तृत सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र आन्दोलनका प्रतिनिधिहरूको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । यद्यपि हस्ताक्षर कार्यक्रममा केही जेनजीहरुले […]

जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता, सहभागीमाथि अब अनुसन्धान नहुने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । बुधबार जेनजीहरुसँगको सम्झौतामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको हो । साथै जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने भएको छ । सम्झौतामा सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य […]

एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना […]

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सरकारले पछिल्लो पटक बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । हिजो (सोमबार) मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले विभिन्न १८ वटा निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । उनका अनुसार, आर्थिक कार्यविधि तथा […]

मंसिर २५ भित्र एमालेमा महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन् । विभागका प्रमुख अधिकारीले ‘ई–नवयुग’ प्रतिनिधिसँग कुरा गर्दै महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।