रामशरण महत चढेकाे गाडी एम्बुसमा पर्दा ५ घाइते

नुवाकोट, १ मंसिर । नुवाकाेटमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत चढेकाे गाडी एम्बुसमा परेकाे छ । सडकमा राखिएकाे एम्बुस पड्किदा महतसँगै हिडेका कार्यकर्ताहरु घाइते भएका छन् । महत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उमेदवार बनेका छन् । उनकाे गाडी एम्बुसमा पर्दा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा उपेन्द्र मिश्र, […]

प्रहरीले गाउँ घेराहालेपछि कैलालीमा प्रहरी र स्थानीयबीच झडप

धनगढी, ३० कार्तिक । कैलालीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्न खोजेपछि स्थानीयले बिरोध गरेका थिए, त्यसपछि झडप भएको हो । गाउँलाई घेराबन्दी गरी स्थानीयका घरमा प्रवेश गर्दा जनताहरुले प्रतिकार गरेका थिए । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा […]

जनार्दनलार्इ एक महिलाले चुनावी सभामै हानिन चप्पल

रुकुम, ३० कार्तिक । माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि उनलाई […]

नेकपाको नेतृत्वमा क्रान्तिको प्रक्रिया अगाडि बढिरहेको छ : प्रकाण्ड

काठमाडौं, ३० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले केही सञ्चारमाध्यमले सुनियोजित रुपमा पार्टीका विरुद्ध भ्रामक समाचार प्रकाशित गरेको भन्दै त्यसबारे भ्रममा नपर्न आग्रह गरेको छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कम्युनिस्ट न्यूज सेन्टरसँग कुरा गर्दै पार्टी महासचिव र प्रवक्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको भन्दै प्रकाशित गरिएको समाचार विल्कुलै झुट रहेको बताए । […]

कांग्रेस नेतालाई भोट माग्न गएका राप्रपाका नेताको भिरबाट लडेर मृत्यु

खोटाङ, २८ कात्तिक । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका राप्रपाका जिल्ला सदस्य केशरमान विश्वकर्माको गएराति भिरबाट लडेर मृत्यु भएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी […]

भोजपुरमा दोहोरो भिडन्त, पूर्व सञ्चारमन्त्री शेरधन रार्इमाथि वम प्रहार, अंगरक्षक घाइते

भोजपुर, २८ कार्तिक । नेकपा (एमाले)का नेता तथा पुर्ब सञ्चारमन्त्री शेरधन राइलाई लक्षित गरी बम प्रहार भएको छ । भोजपुरमा एमालेबाट प्रदेशसभाका उम्मेद्वार रहेका राईलाई लक्षित गरी बम आक्रमण हुँदा अंगरक्षक घाइते भएका छन् । भोजपुर गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला गुम्बा नजिकै राइसहितका नेता कार्यकर्ता चढेको […]

एमाले र माओवादी केन्द्रका उम्मेदवारसहित चार नेता चढेको गाडी एम्बुसमा

संखुवासभा, २८ कार्तिक । नेकपा (एमाले) र माअाेवादी केन्द्रका उम्मेदवारसहितका नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे छ । संखुवासभाकाे बाह्रबीसेमा अायाेजना गरिएकाे सभामा जान लागेका बेला नेताहरु चढेकाे गाडी एम्बुसमा परेकाे हाे । अज्ञात समूहले गराएकाे वम विष्फाेटबाट मानवीय क्षति भने नभएकाे संखुवासभामा प्रहरीले जानकारी दिएकाे छ । उक्त गाडीमा बाम गठबन्धनका ४ जना नेताहरु राजेन्द्र […]

देवी ज्ञवाली अपहरणमा परेकाे पाण्डेकाे दावी

चितवन, २८ कार्तिक । लोकतान्त्रिक गठवन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले, एमाले नेता देवी ज्ञवाली अपहरणमा परेको टिप्पणी गरेका छन् । प्रचण्डलाई जिताउन फिल्डमा खटिएका ज्ञावालीलार्इ उनले तिखो व्यंग्य प्रहार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही […]

एमाले र माअाेवादी केन्द्रबीच चुनाव अगाडि नै एकता हुने, एकताकाे तिथीमिति ताेकियाे

काठमाडौं, २६ कार्तिक । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको […]

कांग्रेसको सभामा प्रमुख अतिथि बन्न सप्तरी पुगेका पर्यटन मन्त्रीलाई आयोगको २४ घन्टे स्पष्टिकरण

काठमाडौँ, २५ कार्तिक । पर्यटन मन्त्री जीतेन्द्रनारायण देव स्पष्टिकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । मधेशमा आयोजना गरिएको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री देव आयोगको स्पष्टिकरणमा परेपछि अक्क न बक्क भएका छन् । निर्वाचन आयोगले उनलाई प्रमुख अतिथि बनेका कारण स्पष्टिकरण भने सोधेको होइन । उनले सरकारी सवारी साधनको दुरुपयोग […]