बंगलादेशसँग वार्ता गर्न ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन

काठमाडौँ, ३० असोज । सरकारले नेपाल–बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठकमा सहभागी हुन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । सो बैठक कात्तिक […]

वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाहरुका लागि आर्थिक सहायता लिन चाहनेबाट निवेदन मागियो

काठमाडौँ, ३० असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक रोजगारका क्रममा मृत्यु भएकालाई आर्थिक सहायता उपलब्ध गराउनका लागि निवेदन लिन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । वैदेशिक रोजगार नियमावली, २०६४ को पाँचौँ संशोधन गर्दै सरकारले स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने व्यवस्था गरेपछि मन्त्रालयले पनि सबै स्थानीय तहलाई बुधबार पत्र […]

लक्ष्मी स्टिल, सर्वोत्तम, बुटवल र पाल्पा सिमेन्टको रिट खारेज, विद्युत प्राधिकरणले महसुल उठाउने

काठमाडौँ, ३० असोज । ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ । पाटन उच्च अदालतको फैसलापछि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुधबार चार उद्योगीको विपक्षमा फैसला सुनाएको छ । ट्रङ्क लाइनबाट लिएको विद्युत् महसुल बढी भएको र प्राधिकरणले गैरकानूनीरुपमा आफूहरुलाई महसुल लगाएको भन्दै […]

आप्रवासन क्षेत्र सुधारमा सहकार्य गर्न मन्त्री विष्टको आह्वान

काठमाडौँ, ३० असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आप्रवासन क्षेत्र सुधारमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यका लागि आह्वान गरेका छन । संयुक्त अरब इमिरेट्स (युएइ)मा जारी अबुधावी डायलगको पाँचौँ मन्त्रिस्तरीय बैठकअन्तर्गत ‘अन्तर क्षेत्रीय सहकार्य’ विषयको उच्चस्तरीय छलफलमा भाग लिँदै उनले नेपालको एकल प्रयासबाट मात्रै आप्रवासन क्षेत्र सुधार हुन नसक्ने बताए । उनले द्विपक्षीय […]

भारतीय सीमा नजिक विप्लवका दाइ विरजंग, युवाका केन्द्रीय अध्यक्षसहित २१ नेता पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इन्चार्जसहित २१ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सीमाना नजिक पर्ने दाङको राजपुर–४ मुंग्रेटा खोलामा बैठक बसिरहेका बेला प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको बताइएको छ । स्रोतका अनुसार उनीहरु बैठक बसिरहेका थिए । ब्यूरोको बैठकका लागि मुग्रेटा पुगेर राति बास बसेका […]

स्थानीय तहले शिक्षक नियुक्त गर्न नपाउने गरी लगाइयो रोक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो। यस किसिमको ‘निर्देशन’ले […]

सत्तारुढ नेकपाका अर्का सांसद पनि पक्राउ पर्दै, सबैभन्दा बढी भोट ल्याउने सांसद गुरुङ ‘ज्यानमार्ने उद्योगमा’

काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का सांसद पनि पक्राउ पर्ने भएका छन् । केही दिन अघि आफ्नै मातहतकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महरा पक्राउ परेको केही दिन नबित्दै नेकपाका अर्का सांसद पनि अर्को मुद्दामा मुछिएका छन् । दोलखाबाट संघीय संसदका लागि देशभर सबैभन्दा बढी मत अन्तरले विजयी […]

६७८ उपसचिव र सहसचिव पदको विज्ञापन

काठमाडौं, २९ असोज । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ । आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र […]

महरालाई एकैचोटी १३ दिन म्याद थपियो

काठमाडौं । बलात्कारको प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । काठमाडौंका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले यस्तो आदेश दिएको हो । यसअघि उनकै आदेशबाट प्रहरीले महरालाइ पक्राउ गरेको थियो । प्रहरीले महरालाइ असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो । […]

राष्ट्रपति सहभागी एनआरएनएको विश्व सम्मेलन उपेन्द्र महतोले किन गरे बहिस्कार

काठमाडौं, २८ असोज । काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले उपस्थित भएनन् । उनले यो नवौ सम्मेलन नै बहिस्कार गरेको चर्चा चलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलन बौद्धस्थित होटल हायातमा आयोजना गरिएको सम्मेलनमा चलिरहेको छ । यसअघिका सबै सम्मेलनहरुमा […]