दुर्इ तिहाइको सरकार डाडु तताएर मरे हुने बाबुराम भट्टरार्इको टिप्पणी

काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारप्रति चर्को टिप्पणी गरेका छन्। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १ ३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा धर्ना बसेको खबरपछि टिप्पणी गर्दै डा. भट्टरार्इले दुर्इ तिहाइकाे सरकार लाचार भएकाे बताएका छन् । बलात्कार जस्ताे अपराधमा राज्यका निकायकाे कमजाेरी देखिनु र त्यसका लागि न्याय माग्दै पीडितले धर्नामा बस्न बाध्य हुनु […]

भारतमा जनयुद्ध गरिरहेको भाकपा माओवादीको महासचिवमा गणपतिको ठाउँमा वसवराज

काठमाडौँ । भारती कम्युनिस्ट पार्टी (माओवादी) ले नेतृत्व परिवर्तन गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वर्तमान महाससचिव लक्ष्मण राव ‘गणपति’ को ठाउँमा केशव राव ‘बसवराज’लाई ल्याइएको छ । गणपतिले उमेर र स्वास्थ्यका कारण जिम्मेवारीबाट विदा लिएको बताइएको छ । उनको उमेर ७१ वर्ष पुगेको छ । यसअघि उमेर र स्वाथ्यका कारण जिम्मेवारी समाल्न नसक्ने नेताहरुलाई […]

पार्टी अध्यक्षकै विरुद्ध नेताहरु मोर्चाबन्दीमा लागेपछि यस्तो भाँडभैलो सुरु

काठमाडौं, २५ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पार्टीका अन्य नेताहरूले ठाकुरविरुद्ध मोर्चाबन्दी सुरू गरेका छन्। ठाकुरले केही दिनअघि मात्र ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए। यसअघि उनले विनोद सिंहलाई सुटुक्क महासचिमा नियुक्त गरेका थिए। राजपामा यसअघि २८ जना महासचिव हुँदा हुँदै अरु […]

अकुत सम्पती आर्जन गरेको भन्दै अदालतमा राजपाका महासचिव विरुद्ध अख्तियारको मुद्दा

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव विनोद सिंहविरूद्ध अख्तियार अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । उनले गैरकानुनी रुपमा अकुत सम्पती अार्जन गरेकाे भन्दै अायाेगले मुद्दा दायर गरेकाे हाे ।  गत कात्तिक १९ मा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेपछि राजपा महासचिव सिंहले आफूमाथि पूर्वाग्रह राखेर मुद्दा दायर […]

बामदेवले ओलीलाई भने, चुनावमा जारी गरिएको घोषणापत्र दोहोरयाएर पढ्नुस

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले नेता गौतमको निवासमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन् । […]

कुर्सीले हानेर शिक्षकको टाउको फुटाए जनप्रतिनिधिले

प्यूठान, २१ कार्तिक । अचेल गाउँमा स्थानीय निकायका जनप्रतिनिधि भन्नेहरुकाे दादागिरी चलेकाे छ । मुख त चलाएकै छन विस्तारै घरेलु हात हतियार पनि चलाउन थालेका छन् । यसैक्रममा प्यूठानमा एक जनप्रतिनिधिले शिक्षककाे टाउकाे नै फुटाइदिएका छन् ।  केही समय पहिले मात्र स्वर्गद्वारी नगरपालिकामा एक वडा अध्यक्षले पत्रकारलार्इ चक्कु प्रहार गरेर घाइते बनाएकाे घटना सेलाउन नपाउँदै […]

डोरमणी नयाँ ज्ञानेन्द्र ! ज्ञानेन्द्र पारामा हप्काएपछि डोरमणीसँग चर्काचर्की परेको स्थापितको भनार्इ,

काठमाडौं, २१ कार्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई पूर्वराजा ज्ञानेन्द्रको पारामा हप्तकाएपछि आफू चर्को स्वरमा बोलेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले यस्तो बताएका हुन्। ‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’, उनले भने, ‘राजा […]

दिवंगत तुलाधरको चिना ऐतिहासिक दस्तावेज अनुसार सुरक्षित राखिने (भिडियो सहित)

काठमाडौँ, २० कार्तिक । आदिबासी जनताजाति आन्दोनलका धरोहर, वरिष्ठ वामपन्थी नेता मानव अधिकारकर्मी पद्मरन्त तुलाधरको सोमबार  राजकीय सम्मानका साथ् अन्त्येष्टी गरिएको छ । काठमाडौको शोभा भगवतीमा तुलाधरको नेवारी परम्पराअनुसार अन्त्येष्टी गरिएको हो । अन्त्येष्टीअघि श्रद्धाञ्जलीको लागि लाजिम्पाटस्थित तुलाधरको निवास राखिएको थियो । त्यसपछि शवयात्रा निकालिएको थियो । शवयात्रा लैनचौर, कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती […]

स्याङ्जाबाट कर्णाली घुम्न गएका मेयर ग्याङफाइटमा परेर घाइते, टाउकोमा चार टाँका

काठमाडौँ । स्याङ्जाकाे एक नगरपालिकाका प्रमुख घुम्न गएका बेला कालिकाेटमा कुटिएका छन् । स्याङ्जाबाट कर्णाली प्रदेशमा घुम्न गएका नगरप्रमुख बीच बाटाेमै रक्सीले मात्तिएर हल्लाखल्ला गर्दै ग्याङफाइटतिर लागेपछि उनी कुटिएकाे बताइएकाे छ । ग्याङफाइटमा परेर मेयर घाइते भएका छन् । उनकाे टाउकाेमा चारवटा टाँका समेत लगाइएकाे छ ।  यसरी ग्याङफाइटतिर लागेर घाइते हुने मेयर स्याङ्जाकाे चापाकोटका […]

अलविदा पदमरत्न तुलाधर: नागरिक समाजका एक शिखर पुरुषको निधन

काठमाडौं । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता तथा नागरिक समाजकाे अान्दाेलनमा शिखर पुरुषकाे स्थान बनाएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रिफर गरिएको थियो । तुलाधरलार्इ मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने […]