‘संवैधानिक व्यवस्था बिर्सेर चिनियाँ राष्ट्रपति आउँदा ठूला ठूला गल्ती गरियो’

प्रा.विजयकान्त कर्ण डेनमार्कका लागि पूर्व नेपाली राजदुत हुनुहुन्छ । मधेश मामिलामा गहिरो अध्ययन गर्नुभएका कर्ण नेपाली राजनीतिमा आलोचनात्मक विश्लेषकका रुपमा पनि चिनिुभएको छ । उहाँसँग ननस्टपखबरको डेस्कले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । चीनका राष्ट्रपतिको भ्रमणबाट नेपालको परराष्ट्र सम्बन्ध बलियो भएको भन्ने चर्चा चलेको छ । त्रिदेशीय सम्बन्धका कुरा पनि उठेका छन् । तपाईले […]

प्रहरीबाट फरार भनिएका नेकपा सांसद पार्वत गुरुङ आफै पुगे अदालत

काठमाडौं । ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि गरेका सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङ आफै अदालतमा पुगेका छन् । अदालतबाट पक्राउ गर्ने अनुमति मागेर सांसद गुरुङलाई प्रहरीले खोजि गरिरहेको जनाएको थियो । आफ्नो नाउमा पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि गरेको थाहा पाएपछि सांसद गुरुङ केही दिन पर्खेर आज […]

अठारौँ नाम सम्मेलनमा प्रधानमन्त्री सहभागी हुँदै

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन नाम राष्ट्रहरुका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र […]

राष्ट्रपति भण्डारी जापान प्रस्थान

विशेष प्रतिनिधि श्याम रिमाल म्यान्मा, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा गरी आज स्थानीय समयअनुसार मध्यान्ह १२।१० मा जापान प्रस्थान गरिन। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ […]

यस्ता छन एनआरएनएका नयाँ बाचा

काठमाडौँ, २ कात्तिक । सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालको समृद्धिका निम्ति ठूला आयोजनामा नेपाल लगानी बोर्डसँग सहकार्य गरी सहजकर्ताको […]

फेरिए दिन: यसरी सबल बन्दैछन गाउँका महिला

बलेवा, २ कात्तिक । नौ वर्ष पहिलासम्म घरको सामान्य खर्च चलाउनसमेत श्रीमानको भर पर्ने सीता सुवेदीका दिन अहिले फेरिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सीता जब गाउँमै खुलेको बचत तथा ऋण सहकारीमा शेयर सदस्य बनिन त्यसयता उनको दैनिक आर्थिक क्रियाकलाप आफ्नै पौरखमा चल्ने गरेको छ । हातमा पैसा हुँदा बचत गर्ने र नहुँदा सरसापटी लिने माध्यम […]

यसरी बन्ने भयो हेटौँडा–काठमाडौँ सुरुङमार्ग

हेटौँडा, २ कात्तिक । बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो […]

स्थानीय जनप्रतिनिधिको तलव गैरकानुनी, अबदेखि तलब रोक्न सर्वोच्चको आदेश

काठमाडौं, १ कात्तिक । सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको तलबभत्ता असंवैधानिक रहेको ठहर गर्दै तत्काल रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका अन्य प्रदेशहरूका स्थानीय तहका जनप्रतिनिधिका लागि असंवैधानिक हिसाबले तलब बाँडिएको इजलासको ठहर थियो । संवैधानिक इजलासमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की […]

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

काठमाडौँ, १ कात्तिक । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ । सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । सङ्घका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी […]

उत्तरी सिरियामा पाँच दिने युद्धविरामको घोषणा भएपछि किन भए ट्रम्प उत्साहित

डालस, १ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तरी सिरियामा भएको अस्थायी युद्धविरामको स्वागत गरेका छन् । उत्तरपूर्वी सिरियामा गत अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । यी सर्वसाधारण प्रायः कुर्द समुदायका छन् । जारी यस द्वन्द्वका कारण तीन लाखभन्दा बढी व्यक्ति विस्थापित भएका […]