काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गरेका छन । उपमहासचिव डा कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएका कार्यकारी निर्देशकसमेत हुन । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा कनेमले शिष्टाचार भेटवार्ता गरेका हुन । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा […]
राजनीति
राष्ट्रपतिको जापान भ्रमण: नेपालको आर्थिक विकासमा केन्द्रित
श्याम रिमाल टोकियो, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त […]
नेपाली राष्ट्रपति भण्डारी र जापानी प्रम आबेबीच भेटवार्ता
जापान, ४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय […]
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँछ: नेता रावल
कैलाली, ४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताए। सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले गोदावरी नगरपालिका–६ स्थित आफ्नो निवासमा आइतबार आयोजना गरेको दशैँ–तिहार तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै नेता रावलले सबै जातजातिले एकताबद्ध भएर लागेमा देश विकासले गति लिने […]
बेरोजगारलाई अर्को अवसरः जनगणनाका लागि शिक्षकको सट्टा ५२हजार बेरोजगार भर्ना गर्दै तथ्यांक विभाग
काठमाडौं, ४ कात्तिक । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको बताइएको हो । विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिने बताएका छन् । ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना […]
पूर्व गृहमन्त्री सिटौलामाथि लाग्यो यस्तो आरोप, बयानका लागि बोलाइयो, जालान जेल ?
काठमाडौ । रौतहटमा भएको भएको नरसंहार घटना लुकोउने काममा सहयोग गरेको भन्दै तत्कालिन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला तानिने भएका छन् । सिटाैलाले गृहमन्त्रालयको बागडोर सम्हालिरहेको बेलामा उक्त कहालीलाग्दो घटना घटेकोे थियो । यो घटनाको सवुद लुकाउन, संरक्षण र निर्देशन पनि उनैले गरेको खुल्न अाएकाे छ । उनलाई साथ दिएका थिए तत्कालिन पूर्व […]
प्रहरीले समेत आफूलाई करकापमा पारेको भन्दै महरामाथि आरोप लगाउने रोशनीले अदालतमा दिइन अर्को निवेदन
काठमाडौं, ३ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीले आफूलाई प्रहरीले समेत करकापमा पारेको बताएकी छन । रोशनीले यस्तो दावी अदालतमै गरेर लिखित रुपमै गरेकी हुन । आइतबार अदालतमा उपस्थित भएर उनले एक लिखित पत्र समेत दर्ता गरेकी छन । काठमाडौं जिल्ला अदालतको इजलासमा उनले आफूलाई प्रहरीले करकाप गरेर जाहेरी […]
अदालत उपस्थित भएकै दिन नेकपाका सांसद गुरुङलाई साधारण तारेखमा छाड्न आदेश
काठमाडौंं, ३ कार्तिक । ज्यान मार्ने उद्योगको मुद्दा लगाइएका दोलखाका सांसद पार्वत गुरुङलाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । एक पुरानो मुद्दामा उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । केही दिन अघि नै उनका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि […]
भाईटिकाको भोलिपल्ट पनि सार्वजनिक बिदा !
काठमाडौं, ३ कात्तिक। भाइटीकाको भोलिपल्ट अर्थात १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भन्दै प्रधानमन्त्रीलाई बिदा दिन आग्रह गर्दै डेलिगेसन गएको एउटा टोलीसँग प्रधानमन्त्री ओलीले मनन्त्रिपरिषद्बाट निर्णय गराएर बिदा दिन आफू सकारात्मक बनेको बताएका छन् । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार […]
महरालाई पक्राउ गर्दा ठीक, २२ जनालाई इट्टा भट्टामा हाल्नेलाई समात्दा गलत
काठमाडौंं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने बताए । पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्जसमेत […]









