चीन र अमेरिकाबीच चलिरहेको ‘व्यापार युद्ध’ समाधान गर्न भयो यस्तो सहमति

काठमाडाैं । अमेरिका र चीनबिच एकअर्कामाथि नयाँ व्यापारिक कर नलगाउने विषयमा सहमति बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ्गबिच अर्जेन्टिनाको राजधानीमा भएको साढे दुई घण्टा लामो भेटवार्तामा अब उपरान्त दुवै देशले एकअर्कामाथि नयाँ व्यापारिक कर नलागने सहमति बनेको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ । आउँदो जनवरी १ देखि नयाँ थप […]

ताइवानमा अमेरिकालाई ठूलो झड्का, अमेरिका-चीन सम्बन्धमा दरार आउने संकेत

एजेन्सी । शनिबारको स्थानीय निर्वाचनमा ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डिपीपी) ले हार बेहोरेपछि क्षेत्रीय सन्तुलनमा फेरबदल हुने प्रक्षेपण गरिएको छ । बेइजिङसँग नजिक मानिएको कओमिनटाङ (केएमटी) पार्टीको जीतसँगै सन् २०२० को राष्ट्रपति निर्वाचनमा पनि यसको प्रभाव देखिने अनुमान गरिएको छ । यो नतिजाले अमेरिका–चीन सम्बन्धमा पनि असर पुग्ने छ । शनिबारको निर्वाचनअघिसम्म डिपीपीले ताइवानको […]

व्यापार घाटाले आकाश नाघ्यो, २३ अर्ब निर्यात ३७३ अर्ब आयात

काठमाडौं, १० मंसिर । आर्थिक आर्थिक वर्षको तीन महिनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ […]

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं, ९ मंसिर । सुर्खेत । कर्णाली विकास अायाेगका पदाधिकारीले पद तथा गाेपनियताकाे सपथ खाएका छन् । आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी, सदस्य डा. दिपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार पद तथा गोपनीयतको शपथ खुवाएका हुन्। अायाेगले अब कर्णाली प्रदेश विकासकाे विस्तृत खाका तयार गर्ने गरी काम अगाडि बढाउने बताइएकाे छ […]

वायुसेवा निगमको वाइड बडीमा ६ अर्ब ५९ करोड घोटाला प्रकरण, लेखा समितिले खोल्यो रहस्य

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ । विमान खरिद प्रकरणबारे आइतबार पर्यटन मन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका उच्च अधिकारीसँग जानकारी लिदै समितिले यस्तो दाबी गरेको हो । समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड रुपैयाँ […]

प्रदर्शनी मार्ग कब्जा गरेर नेकपाले गर्यो विशाल जनसभा

काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अाज काठमाडाैंमा विशाल जनप्रदर्शन गरेकाे छ । देशभरबाट ठूलाे संख्यामा अाएका जनताकाे जनसागरबीच नेकपाले काठमाडाैैकाे प्रदर्शनी मार्गस्थित राेडमा नै जनसभा सम्पन्न भएकाे हाे । बाल्मिकी क्याम्पस अगाडि सडकमै बनाइएकाे मञ्चदेखि नेपाल पर्यटन बाेर्ड पछाडिकाे सडक पूरै ढाकिएकाे जनसागरलार्इ नेकपाका नेतासहित केही अन्य पार्टीका नेताहरुले पनि सम्वाेधन गरे । […]

सबैभन्दा धेरै नक्कली सर्टिफिकेट शिक्षकका, १६ सय उजुरी अख्तियारमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ५ सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक […]

डोल्पा बल्ल जोडियो राष्ट्रिय सडक सञ्जालमा, जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने काम सम्पन्न

डाेल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको उद्घाटन गरे। जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने […]

सिके राउतप्रति डिएसपी दानबहादुर यति किन अनुग्रही, हिरासतमै चाकडी देखेर अरु प्रहरी नै छक्क

काठमाडौं, ४ मंसिर । स्वतन्त्र मधेशको नाममा ‘मधेश राष्ट्र’ को माग गर्दै पृथकतावादी आन्दोलन चलाएका सप्तरीका सीके राउत प्रहरी अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन् । देश द्रोहीको मुद्दामा राउतमाथि अनुसन्धान भईरहेको छ । देश द्रोही जस्तो जघन्य अपराधमा अनुसन्धान भईरहेको आरोपितलाई दरबारमार्ग प्रहरीले भने ज्वाईसरी पालेको छ । सार्वजनिक अपराधका आरोपितलाई भेटघाटमा […]

यातायातको बदनाम कोठा नम्बर १२ मा यसरी हुन्छ दिनदहाडै हाकाहाकी घुसको लेनदेन

काठमाडौं, ४ मंसिर । टेबलमा फाइलसँगै सयको नोट। महिला कर्मचारीले हतपत टेबलमूनी घुसारिन्। तुरुन्तै ३० रुपैयाँ फिर्ता दिइन्। सेवाग्राहीले हतपत गोजीमा हाले। ‘उता जानुस् अब,’ उत्तरतर्फ संकेत गर्दै कर्मचारीले भनिन्। त्यसपछि घोसेमुन्टो लगाई कतै नहेरी भनिन् ‘अर्को आउनुस्, अर्को।’ त्यतिबेला बिहानको ११ बजेर २५ मिनेट गएको थियो। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको कोठा नम्बर १२ मेडिकल […]