बैतडी, ५ कार्तिक । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा […]
राजनीति
अब विकास र समृद्धिको नतिजा देखा पर्दै जान्छः मन्त्री पुन
परासी, ५ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामको नतिजा देखिने बेला आएको बताए । पहिलो वर्ष सरकारले विकासको आधार तयार पारेको र अव विस्तारै नतिजा देखिदै जाने बताए । पश्चिम नवलपरासीको परासीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, “झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अव […]
संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग
काठमाडौँ, ५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो । संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले […]
छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा: अध्यक्ष दाहाल
फिदिम, ५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई […]
नेपालको पर्यावरण जोगाउन विकसित मुलुकले सहयोग गर्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ, ५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताए । चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा आज सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा […]
प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन: सभामुख श्रेष्ठ
हेटौँडा, ५ कात्तिक । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताए । युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको […]
विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनीलाई प्रहरीले गर्यो गिरफ्तार
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरिएको बताएका थिए । पार्टीको केन्द्रीय समितिबाट अलग गरिएका लोहनीलाई के कति कारणले गिरफ्तार गरिएको […]
नेपाल विदेशीको दबाब र प्रभावमा छैन: परराष्ट्रमन्त्री
काठमाडौँ, ४ कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरे। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको […]
राप्रपाः उपनिर्वाचनको तयारीमा
काठमाडौँ, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन […]
पीडित किसानको लगत सङ्कलन गर्दै प्रदेश सरकार
भीमदत्तनगर, ४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा लगाइएको ‘गरिमा धान’ नफलेर पीडित बनेका किसानको लगत सङ्कलन गरिरहेको छ । गरिमा जातको धान लगाएका किसानले धानमा बाला नै नआएपछि यहाँका किसान समस्यामा परेका बेला कञ्चनपुरबाट प्रदेशसभा सदस्यसहित किसानहरुको टोलीले धनगढी पुगेर मुख्यमन्त्री र कृषिमन्त्रीसित भेट गरेको हो । भेटका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]











