काठमाडौं, ४ कात्तिक । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ ।
केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको बताइएको हो ।
विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिने बताएका छन् ।
४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिनेछ ।
तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।