काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई प्रहरीले नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको हो । पक्राउ परे पनि उनको स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पताल भर्ना गरिएको थियो । प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धानका […]
राजनीति
नेपाल–चीनबीचको मित्रता नयाँ उचाईमा पुगेकाे र अब जनस्तरमा सम्बन्ध विकास गरिने उपप्रधानमन्त्री पोखरेलकाे दावी
काठमाडौं । रक्षामन्त्री ईश्वर पोख्रेलले चीन र नेपालको मित्रतालाई थप उचाईमा पुर्याउने बताएका छन् । सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका पोख्रेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको बताए । उनले आगामी […]
चुनावी सरगर्मी बढ्यो, उपनिर्वाचनमा ३८ हजार मतदाता
गलकोट, २७ असोज । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको […]
चितवनमा उपनिर्वाचन : काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस
भरतपुर, २७ असोज । नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत […]
यस्तो हुँदैछ मंगलबार एनआरएनएको चुनावी भिडन्त
काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन मंगलबार काठमाडौंमा हुँदैछ । एनआरएनको चुनावीमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ […]
बुद्ध एयर डिले भएपछि रिसले चुर भएका सांसदले गरे काउन्टर नै तोडफोड
जनकपुर, २७ असोज । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा एक […]
दुवै मुलुकको प्राथमिकतामा कर्णाली आर्थिक करिडोर
सुर्खेत, २७ असोज । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सम्पन्न प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा यसपटक पनि समेटियो–कर्णाली करिडोर । सन् २०१८ जुनमा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा दुवै मुलुक कर्णाली करिडोर निर्माण गरी नाका सञ्चालन गर्न सहमत भएका थिए । राष्ट्रपति सीको नेपाल भ्रमणमा पनि ‘कनेक्टिभिटी’लाई […]
राज्य संयन्त्रलाई विश्वास गर्दा बालुवाटार जग्गा प्रकरणमा नराम्रोसँग ठगिएको एनआरएनको भनाई
काठमाडौं, २७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रबाट पीडित भएको जनाएको छ । ललिता निवास प्रकरणका नामले चर्चित बालुवाटार काण्डमा एनआरएनएको केन्द्रीय कार्यालय पनि परेको छ । बालुवाटारमा सभामुख निवासर्क अगाडि रहेको एनआरएनएको केन्द्रीय कार्यालय उनीहरुको निकै ठूलो ड्रिम प्रोजेक्ट मानिएको थियो । संसारभरका रहेका नेपालीबाट सहयोग उठाएर बनाइएको उक्त […]
प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान
काठमाडौँ, २७ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ […]
विश्व बैङ्कको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै दोस्रो
काठमाडौं,२७ असोज । विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने उल्लेख छ । यस्तो वृद्धिदर दक्षिण एसियाली मुलुकमा बङ्गलादेशपछि दोस्रो उच्च हुने छ । […]







