भारतीय सीमा नजिक विप्लवका दाइ विरजंग, युवाका केन्द्रीय अध्यक्षसहित २१ नेता पक्राउ

विशेष बैठकका लागि कोइलावासको जंगलमा पुगेका विद्रोही नेकपाका महत्वपूर्ण नेताहरु मध्यरात पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमाण्ड इन्चार्जसहित २१ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको सीमाना नजिक पर्ने दाङको राजपुर–४ मुंग्रेटा खोलामा बैठक बसिरहेका बेला प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको बताइएको छ । स्रोतका अनुसार उनीहरु बैठक बसिरहेका थिए । ब्यूरोको बैठकका लागि मुग्रेटा पुगेर राति बास बसेका उनीहरुलाई राति नै प्रहरी पुगेर घेरा हालेर पक्राउ गरेको बुझिएको छ ।

पक्राउ पर्नेमा पश्चिम कमाण्ड इन्चार्ज रहेका चन्द्रबहादुर चन्द वीरजंगसमेत रहेका छन् । उनकै साथमा राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवास, दाङ जिल्ला इन्चार्ज सविन पोखरेल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन शेर्पाली समेत रहेका छन् । वीरजंग विप्लवका दाइ समेत हुन् ।

पक्राउ पर्नेको पूरा विवरण

१. चन्द्रबहादुर चन्द (वीरजङ्ग)–केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज

२. केशवबहादुर बाँठा मगर (सुवास)–राप्ती ब्युरो ईन्चार्ज

३. रामबहादुर थापा (सुन्दर)–राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक

४. सविन पोख्रेल–राप्ती ब्यूरो कार्यालय सचिव

५. यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज

६. प्रदीप वली–जिल्ला सेक्रेटरी

७. बविन केसी (पाटन, जंगली)–युव संगठन नेपाल केन्दीय अध्यक्ष

८. सुनिल पौडेल–वुद्धिजिवी

९. एकराज चौधरी–एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य

१०. धनबहादुर बोहोरा (महान)–एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी

११. तिलक पुन–पूर्व जनमुक्ति सेना

१२. सुरज विक–दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३. हितप्रसाद रोका–पार्टी सदस्य

१४. पुष्टमान घर्ती–रोल्पा जिल्ला सदस्य

१५. दलबहादुर खत्री

१६. अमित घर्ती मगर

१७. बालकृष्ण शर्मा

१८. जीत क्षेत्री

१९. रमेश आचार्य

२०. बिष्णु थापा

२१. कुलबहादुर ओली

Loading...