काठमाडौं, ६ मङ्सिर । निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई शुक्रबार परिमार्जनसहित पारित गरेको छ । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट प्रस्तुत गरिएको उपनिर्वाचनसम्बन्धी एकीकृत सुरक्षा योजनालाई परिमार्जनसहित पारित गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थितिमा […]
राजनीति
द्वन्द्व र शान्ति प्रक्रियाका भएका राम्रा–नराम्रा काममा दोषी ठहरिए सजाय भोग्न तयार: अध्यक्ष दाहाल
काठमाडौँ, ६ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्व र शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने बताउँदै दोषी ठहरिए सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् । शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्वन्द्वपीडितसँगको अन्तरसंवादमा दाहालले आफू जिम्मेवारीबाट कहिल्यै नपन्छिएको बताए । ‘हुन त अहिले माओवादी पार्टी छैन, पार्टी कति टुक्रा भयो, देख्नुभएकै […]
सत्तारुढ नेकपाका अर्का नेता पनि बलात्कार काण्डमा पुर्पक्षका लागि जेल पठाइए
काठमाडौं, ६ मंसिर । बलात्कार आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राईलाई नियन्त्रणमा […]
ओलीको राष्ट्रवाद कालापानी पुगेर समर्पणवादमा; देउवा
पोखरा, ६ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताएका छन् । सहमति र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडकमासमेत जाने जनाए । सहमतिको बाटो बन्द गरेर सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन ल्याउन लागेको भन्दै उनले आक्रोश व्यक्त […]
निर्वतमान सभामुख महराको मुद्दा उच्च अदालतमा
काठमाडौँ, ६ मंसिर । यौन दुब्र्यवहारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णवहादुर महराले जिल्ला अदालतको आदेशका विरुद्धमा उच्च अदालतमा दर्ता गराएको निवेदन आज इजालसमा पेश हुँदैछ । काठमाडौं जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । त्यसपछि महरा डिल्लीवजार कारागारको थुनामा छन् । उनले आफना् कानुन ब्यवसायीमार्फत बिहिबार जिल्ला अदालतको […]
रुसी राष्ट्रपति भ्लादमिर पुटिन नेपाल आउने पक्का भयो
काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ । ‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको […]
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए
काठमाडौं ५ मंसिर । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिएका छन् । आफ्नो स्थानमा रामेश्वर राय यादवले पदभार ग्रहण गरेपछि विष्ट बिहीबार ट्याक्सी चढेर निवासतर्फ लागेका हुन्। प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए। सामाजिक सञ्जालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै […]
मतदातालाई आफ्नो पक्षमा पार्न गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोक्यो
वीरगञ्ज ५ मंसिर। उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी–५ मा समाजवादीले गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । यहाँ मंसिर १४ मा वडाअध्यक्ष पदको उपनिर्वाचन हुँदै छ । उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन भोजभतेरमा रोक लगाइएको सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतले बताए। समाजवादीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेन्ट गाडेर भोजभतेरको […]
एमालेमा भब्य सफल गोकर्ण र लालबाबुलाई असफलताको ट्याग
काठमाडौं ५ मंसिर । तत्कालिन एमालेमा गोकर्ण बिष्ट र लालबाबु पण्डित मन्त्री बनेपछि चर्चित र सफल बनेका थिए । तर वर्तमान नेकपाको सरकारमा उनीहरुलाई असफलताको ट्याग लागेको छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा बिष्ट उर्जामन्त्री थिए । उनले उर्जामन्त्रालय र बिद्युत प्राधिकरणलाई सिस्टममा मात्र ल्याएनन्, लोड्सेडिड पनि घटाएका थिए । तत्कालितरुपमा उनले गरेको काम निकै […]
नवनियुक्त ६ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष शपथ
काठमाडौं, ५मंसिर । नवनियुक्त ६ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज […]











