नवनियुक्त ६ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं, ५मंसिर । नवनियुक्त ६ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ छन् ।

यस्तै तीन राज्य मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले प्रधानमन्त्री ओलीसमक्ष शपथ लिएका छन् । दुगड उद्योग, वाणिज्य तथा आपूर्ति, रावत स्वास्थ्य तथा जनसंख्या र मानन्धर सहरी विकास राज्यमन्त्री छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी थिए ।

Loading...