वीरगञ्ज ५ मंसिर। उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी–५ मा समाजवादीले गर्न लागेको भोजभतेर सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । यहाँ मंसिर १४ मा वडाअध्यक्ष पदको उपनिर्वाचन हुँदै छ ।
उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन भोजभतेरमा रोक लगाइएको सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतले बताए। समाजवादीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेन्ट गाडेर भोजभतेरको आयोजना गरिएको थियो ।
वडाध्यक्ष बृजमोहन राय यादवको निधन भएको थियो। महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ रहेको वडामा २ हजार ६०२ मतदाता छन् ।