नवलपुर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काग्रेस २ गुट भएर चुनावमा जाँदा हार भएको बताए ।
राजनीति
गौरिकाले पौडीमा दोस्रो स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या पुग्यो ४१
काठमाडौं, २० मंसिर । गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् । यससँगै नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७स्७३ मा पूरा गरिन् । यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण […]
‘सीमा समस्या समाधान परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै’
काठमाडौँ २० मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी क्षेत्रलगायतमा भएको सीमा विवाद परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै समाधान होस् भन्ने नेपालले चाहेको बताएका छन् । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानीसमेत पुनः देखाएपछि चर्केको विवाद सुल्झाउन ‘विशेष दूत’ पठाउने खबर सार्वजनिक भएका बेला उनले नेपालको प्राथमिकता सचिवस्तरीय संयन्त्र नै भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार […]
१० दिन उपचार गराउँदा ओलीको खर्च साढे २ लाख
काठमाडौं २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]
अमेरिकामा आफ्नै देश हराएपछि
भक्तपुर, २० मङ्सिर त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागले लगातार दुईवर्ष पढाउने विद्यार्थी नै पाएन । पढ्ने नै नभए पछि विभाग राख्ने, नराख्ने तीव्र वहस चलिरहदा अघिल्लो शैक्षिक वर्ष एमए पहिलो सेमेष्टरमा २३ विद्यार्थी भर्ना भए । त्यो पनि प्राध्यापकहरुको व्यक्तिगत पहलकदमीको वलमा । केन्द्रीय इतिहास विभागका उपप्राध्यापक डा. उद्धव पुरी भन्छन्–भर्ना भएका २३ मध्ये […]
पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिने: प्रचण्ड
काठमाडौं २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारीबीच ठूलो अन्तरविरोध चलिरहेको बताएका छन् । नेता र कर्मचारीबीचको अन्तरविरोधले राजनीतिक परिवर्तनहरु संकटमा परेको उनले बताए । ‘राणा शासन ढलेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् । पञ्चायत ढल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र […]
ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने गोप्य तयारी
काठमाडौँ २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् । पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्न […]
बाबाहरुको लीला, लैंगिक हिंसाप्रति ठाडो चुनौती
हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ ।त्यही हिंसाको अनेक रूप बेला बेलामा सुन्न र देख्न पाइन्छ।यहिको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ। अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलि रहेका बेला “सिद्ध बाबा”नामले परिचित साधुको यौन ,बलात्कार जस्ता काण्ड बाहिर आएको छ।यसले हाम्रो […]
१० दिन लामो बसाईपछि प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौँ १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उपचारमा संलग्न चिकित्सक डा। अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० मा उपचारका लागि भर्ना भएका ओली १० दिनपछि बिहीबार […]
विकल्प बन्न सकेनन् साना दल, आउने दिनमा यिनै ठूला दलहरूको वर्चस्व कायम रहने विश्लेषण
काठमाडौं,१९ मंसिर। मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि विगतकै प्रवृत्ति देखियो । ठूला दलहरूकै उम्मेदवार विजय भए भने विकल्पका रूपमा अन्य दल आउन सकेनन् । दुई वर्षअघि २०७४ मा भएको तीनवटै तहको चुनावमा नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी राजपा नेपालले पाएको मतको अनुपात लगभग सम्पन्न उपनिर्वाचनमा पनि देखियो । […]











