काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि अपनाइएका निषेधात्मक उपायहरु कम्तिमा अप्रिल ३० सम्म लम्बिन सक्ने बताएका छन् । सामाजिक दूरीसहितका निषेधात्मक नियमहरु अमेरिकाभर बढाउने बारे तयारी भएको उनले उल्लेख गरेका हुन् । राष्ट्रपति ट्रम्पले आइतबार भनेका छन्, ‘अबको दुई हप्तामा कोरोना भाइरसका कारण उच्चदरमा मृत्यु हुने सम्भावना छ । […]
राजनीति
दाहसंस्कारमा पनि बार्गेनिङ, गुहारको दौडधुपले पीडामाथि थप्यो पीडा, छैन मानवता
काठमाडौँ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विना भेदभाव ‘नजरबन्द’मा राखेको छ । तर, पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुट्याइन्छ, अझ सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन । सहरमा सन्नाटा छ, राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन् । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि […]
एकाबिहानै राजधानीमा २ सय पक्राउ, लकडाउन उल्लंघन गर्नेहरुमाथि कडा बन्दै प्रहरी
काठमाडौ । आइतबार बिहानै राजधानीका विभिन्न ठाउँबाट प्रहरीले दुई सय बढीलाई पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले गरेको लकडाउनको उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा १५५ जना पुरुष र ५५ महिला रहेको नेपाल प्रहरीले जनाएको छ । आइतबार बिहानै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । […]
विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी, अहिलेको क्षति सुरुवात मात्र
काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका कारण विश्वको भविष्य अनिश्चित दिशातिर गइरहेको बताएको छ । कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताउँदै डब्ल्यूएचओले कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको पनि जनाएकाे छ । विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा […]
सी जिनपिङ र डोनाल्ड ट्रम्पबीच कोरोनाबारे टेलिफोन वार्ता
काठमाडाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो। सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्नुका साथै तीनवटा मुख्य सन्देश दिएको साउथ चाइना मर्निङ पोष्टले […]
विश्वमा सबैभन्दा बढी काेराेना संक्रमित अमेरिकामा
काठमाडौं, १४ चैत । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ […]
चीनतर्फको नाका खुलाउने सरकारको निर्णय
काठमाडौं, १२ चैत । सरकारले चीनतर्फको नाका खुलाउने निर्णय गरेको छ। माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाउने भएको हो। उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार […]
नेपाल-भारत सीमामा अलपत्र परेकाहरू नेपाल प्रवेश
काठमाडौं । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ । भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं […]
सप्तरीमा ‘लकडाउन’ उल्लंघन भएपछि सेना परिचालन
काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने राजविराजलगायत आसपासका नाकामा नेपाल प्रहरीलाई हुलहुज्जत भएको भन्दै सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सप्तरीको राजविराजबाट नाकातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको पुष्टि गरे। उनका अनुसार नाकाबाट नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै हुलहुज्जत हुन थालेपछि स्थानीय […]
घरबाट निस्कन नपाइने, लकडाउन उल्लंघन गरे ६ महिना कैद
काठमाडौं । कोरोना भाइरसकाे संक्रमण रोक्न सरकारले अाज चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशलाई ‘लकडाउन’ गरेको छ । याे अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उलंघन गरे ६ महिना कैद सजाय हुन सक्ने बताइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले […]











