अर्बौको घोटाला सार्वजनिक भएपछि ओम्नी समूहसँगको आधा सम्झौता रद्द

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ। उसले ५ कराेड रुपैयाँ रुपैयाँ धराैटी पनि जफत गरेकाे छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो जानकारी दिएका हुन्। सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको […]

फेरि घट्यो एसियाली बजारमा इन्धनको मूल्य

काठमाडाैं, १९ चैत । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ। कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ। गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही […]

दिल्लीको धार्मिक कार्यक्रममा अधिकांश रौतहटका, धर्मसभामा सहभागी ३३ नेपाली दिल्लीको क्वारेन्टाइनमा

काठमाडौं, १९ चैत । भारतकाे राजधानी नयाँ दिल्लीकाे एक धार्मिक कार्यक्रममा सहभागी भएका २० जना नेपाली मध्ये अधिकांश नेपालकाे राैतहटका रहेकाे खुलेकाे छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली रहेकाे बुझिएकाे छ । उनीहरु नयाँ दिल्लीकाे निजामुद्दीनस्थित मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा मरकजमा […]

ऋण लिने–दिने दुवैका लागि राष्ट्र बैंकले जारी गर्यो १९ बुँदे यस्तो राहत

nepal-rastra-bank

काठमाडौं, १८ चैत । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्र प्रभावित हुने देखिएकाले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तलाई १९ बुँदे निर्देशन जारी गरेको छ । वित्तीय क्षेत्रमा तरलता बढाउन अनिवार्य नगद मौज्दात घटाउने, पुनर्कर्जा सीमा ५० अर्बबाट ६० […]

स्वास्थ्यमन्त्रालयले किन खरिद गर्यो ४८ गुणासम्म महँगोमा सामान खरिद

काठमाडौं, १८ चैत । कोरोना रोकथाम तथा न्यूनीकरणका स्वास्थ्य सामग्री व्यवसायीले बुझाएको कोटेसन भन्दा ४८ गुणासम्म महँगोमा खरिद गरेको भेटिएको छ । स्वास्थ्य मन्त्रालयले व्यवसायीको कोटेसन बेवास्ता गर्दै ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबिसिआई)मार्फत स्वास्थ्य सामग्री खरिद गरेको हो । सुजकभर डिस्पोजेबल प्रतिगोटा न्यूनतम पाँच रुपैयाँमा खरिद गर्न सक्ने भन्दै व्यवसायीले कोटेसन बुझाएका थिए । तर, ओबिसिआईलाई दुई […]

भारत र नेपाल दुबैतिर लकडाउन भएपछि वीरगञ्ज नाकामा सयाै अलपत्र

वीरगञ्ज । नेपालका विभिन्न ठाउँबाट घर फर्किन लागेका सयौँ भारतीय नागरिकहरु वीरगञ्ज–रक्सौल नाकामा अलपत्र परेका छन्। देशभर लकडाउनको घोषणा भएपछि उनीहरु नेपालका विभिन्न ठाउँबाट भारतस्थित आफनो घर फर्किन लागेका थिए। यतिबेला भारतमा पनि लकडाउन भएका कारण उनीहरु भारत छिर्न नपाएका हुन्। लकडाउनको कारण देखाउँदै भारतीय सुरक्षाकर्मीहरुले भारत छिर्न नदिएपछि उनीहरु सीमा नाकामै अलपत्र परेका छन्। […]

लकडाउनमा हिडेको भन्दै मान्छे कुट्ने प्रहरी हवल्दार निलम्बित

जनकपुरधाम । लकडाउनको समयमा दैनिक उपभोग्यको सामान किनेर गइरहेका केही व्यक्तिलाई कुटने सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सार्वजनिक भएपछि नेपाल बिओपी रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरी निलम्बनमा परेका छन्। विश्व नै कोरोना भाइरस (कोभिड १९) को महामारीको समस्यामा रहेको समय नेपाल पनि लकडाउनमा रहेको […]

कर्णाली सरकारले नेपालगञ्जमा अलपत्र परेका हुम्लाका १३० जनालाइ उद्धार गरेर लग्यो

नेपालगञ्ज । कोरोना भाइरसको सम्भावित सक्रमणबाट बच्न देशभर लकडाउन चलिरहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिलासहित हुम्लाका १३० जनाको उद्धार गरेको छ। लकडाउनकै कारण हवाई सेवा बन्द हुँदा बालबालिकासहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगुसम्म पुर्‍याउनले व्यवस्था गरेको हो। कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरी आइतबार राती १० […]

निजी कम्पनीलाई कोरोना सामाग्री किन्न लगाएर दस गुणा महङ्गोमा खरिद, एक अर्ब बढी घोटाला भएको अनुमान

काठमाडौं, १७ चैत । सरकारले चीनबाट ल्याएकाे सामानमा एक अर्ब बढी घाेटाला भएकाे आशंका गरिएकाे छ । काेराेनाकाे महामारीले विश्वभर त्रास उत्पन्न भएकाे र नेपालमा पनि पूर्णरुपमा लकडाउन गरी देश बन्दी जस्तै बनाइएका बेला यस्ताे गम्भीर घाेटाला भएकाे खबर बाहिर आएपछि सर्वसाधारण आक्राेशित भएका छन् । चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक […]

उडिरहेकै बेला पाइलटले अर्कै गन्ध पाएपछि स्वास्थ्य उपकरण लिएर गएको सेनाको स्काई ट्रक बीचमै फर्कियो

काठमाडौं, १६ चैत । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए […]