कोरोना संक्रमित ५ हजार नाघे, एकै दिन ४४८ जना थपिए

काठमाडौं, ३० जेठ । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका […]

यूएईबाट उद्धार गरिएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० जेठ । युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको, छ । युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या […]

सरकारी र निजी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय […]

सार्वजनिक यातायात नचल्ने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ । उपत्यकाभित्र जोर बिजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालकबाहेक दुईजना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको […]

गर्मीमा कोरोना संक्रमण कम हुन्छ भन्ने कुरा गलत भएको डब्लूएचओ भनाइ

काठमाडौं, २९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ। डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन्। उनले भनेका छन्, ‘यस्तो तथ्य पनि पाइएको […]

एसईई परीक्षा नलिइने तर विद्यार्थीलाई प्रमाणपत्र दिन गरिनेछ यस्ता कार्य

काठमाडौं । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने […]

काठमाडौँ महानगरपालिकाले सुरु गर्यो आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा

  काठमाडौं, २८ जेठ। काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउन (बन्दाबन्दी)का बेला पनि बैकल्पिक माध्यमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ.एम. मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो […]

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप

काठमाडौँ । न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए । तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छन् । […]

मलामी खोज्दै गाउँमा प्रहरी, स्थानीय त्रासमा

कैलाली, २४ जेठ । कैलालीमा प्रहरीले मलामी खाेजेर गाउँ पसेपछि गाउँलेहरु त्रसित भएका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका वार्ड नं ४ मा प्रहरीले यसरी मलामी खाेजेकाे हाे । मलामी खाेज्नुकाे कारण अरु नभइ काेराेना नै रहेकाे बताइएकाे छ । एक मृतक महिलाकाे शव जलाएपछि उनमा काेराेना संक्रमण रहेकाे पुष्टि भएपछि प्रहरीले उनकाे मलामी गएकाहरुलाइ खाेजि […]

कोरोनाविरुद्ध नेपालले बनाएको भनिएकाे खोपमा डब्ल्युएचको चासो

हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध […]