सार्वजनिक यातायात नचल्ने, मोटरसाइकलमा एक जना मात्र चढ्न पाइने

काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । तर सरकारले निजी सवारी साधान सञ्चालनमा भने सहज व्यवस्था लागु गरेको छ ।

उपत्यकाभित्र जोर बिजोर लागु गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालकबाहेक दुईजना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । उपत्यकाबाहिरको हकमा जिल्लाभित्र निजी सवारी सञ्चालन गर्न दिइने भएको छ ।

मोटरसाइकल चलाउन दिने तर  एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।

त्यस्तै, सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। त्यस्तै, सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।

 

Loading...