काठमाडौं । सरकार जोगाउनका लागि केपी शर्मा ओलीले आज संघीय प्रतिनिधि सभामा लिएको विश्वासको मतमा उनकै पार्टीका २८ सांसदले उनलाई मत दिएनन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिने निर्णयसहित संसद बैठकमै अनुपस्थित भएका हुन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली […]
राजनीति
ढल्यो ओलीको सरकार, विश्वासको मत लिने प्रयास असफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावमा कतै मत दिन्न भन्नेमा १५ मत परेको […]
खोप आयात अनियमततामा सरकार नै उद्यत रहेको छ : देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप खरीदमा भएको अनियमततामा सरकार नै उद्यत रहेको आरोप लगाएको छ । उनले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको न्यूनतम जिम्मेवारीबोधसमेत नगरेको आरोप लगाएका हुन् । विज्ञप्ती मार्फत् सभापति देउवाले खोप खरीपमा अनियमितता गर्ने जोकोही भएपनि कडाभन्दा […]
पाँच लाख धरौटीमा अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ। बालुवाटारस्थीत ललिता निवास क्याम्पको जग्गा अतिक्रमणको मुद्दामा जेलमा रहँदै आएका बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । बस्न्यातले सर्वोच्चमा […]
महामारीः नेताको रजाई, जनताको हविगत
यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने ठाउँ समेत पाइदैन । केही दिनअघि मात्र पशुपति आर्यघाटमा लास जलाउने ठाउँ नपाएर बागमति बगरमा नै जलाइएको फोटो, […]
आइसोलेसन सेन्टर तथा उपचार सहकार्यका महानगर मेयर र उपमेयरको टोलीले उपत्यका पृतनापतिसंग गर्यो छलफल
काठमाडौँ । काठमाडौँ महानगर भित्र आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको टोलीले उपत्यका पृतनापतिसंग छलफल गरेका छन्। नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा आज बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले आइसोलेसन […]
स्वास्थ्य सेवाबाट अवकाश लिएका सैनिकलाई तयारी रहन सैनिक हेडक्वार्टरको निर्देशन
काठमाडौँ । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ । सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य […]
देउवाले अस्वीकार गरे विश्वासको मत दिन ओलीले गरेको आग्रह
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रेसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि एमालेका नेतासहित सभापति देउवालाई भेट्न […]
प्रधानमन्त्रीले विश्वासको मत लिन बैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी एक […]
मधेश आन्दोलनसँग सम्बन्धित १२० अभियुक्तका मुद्दा फिर्ता
काठमाडौँ । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा […]









