संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, ९ कार्तिक । संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तरराष्ट्रिय सम्मेलन आज यहाँ सम्पन्न भएको छ । ‘क्रोधरहित संसार’ संस्था, ग्लोबल पिस फाउण्डेशन नेपाल र समृद्धि कलेजद्वारा संयुक्त रुपमा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित संयुक्त राज्य अमेरिका, भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा संवेगात्मक साक्षरता र विश्व […]

जाजरकोटको गाउँपालिकाका सबै गाउँमा पुग्यो सडक

जाजरकोट, ९ कात्तिक । शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । करोडाँै रकम खर्चेर गाउँपालिकाले सबै गाउँमा सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयवासीले सहजरुपमा […]

काठमाडौं महानगर छुट्टै पाठ्यक्रम लागु गर्दै, ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन […]

पात्रो तिथि बिवादमा अलमलिनु भन्दा यस्तो गर्दा राम्रो

नेवार समुदायको ठूलो चाड मध्येको तिहार (स्वन्ति), (क्वःपुजा, खिचा पुजा, लक्ष्मीपुजा, म्ह पुजा, किजा पुजा) का साथै अन्य मौलिक चाडहरु प्राय तिथिको आधारमा दुई दिन या एकै दिन दुई चाड मनाईनुपर्ने अनुसारको ज्योतिष पात्रोमा प्रकाशन आउने गर्दछ । बार्षिक तिथि मितिको अंकगणित अनुसार ज्योतिषिले आफ्नै तरिकाबाट यसरी एकै पर्व दुई दिन या दुई पर्व एक […]

असंलग्न अभियानको शिखर बैठक आरम्भ: प्रमले सम्बोधन गर्ने

विशेष प्रतिनिधि मनोज कार्की अजरबैजान, ८ कात्तिक । असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औँ शिखर बैठकको उद्घाटन सत्र राजधानी बाकुको कङ्ग्रेस सेन्टरमा आरम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सत्रमा भाग लिएका छन । बाकु कङ्ग्रेस केन्द्रमा आइपुग्दा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीका […]

उपराष्ट्रपति पुनद्वारा विद्यालय भवनको शिलान्यास

सिमकोट, ८ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले हुम्लाको सिमकोटमा रहेको मानसरोवर माध्यमिक विद्यालयको नमूना विद्यालय भवनको आज शिलान्यास गरे। सो अवसरमा उनले हिजोका दिनमा उत्पादनका हिसाबले पछि परेता पनि अबका दिनमा हुम्लाले समस्या भोग्नु नपर्ने बताए । उनले सडक सञ्जालले नजोडिएको हुम्लाको विकासका लागि नेपाल सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गर्दै कर्णाली करिडोरको गुरुयोजना […]

सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन: कार्यवाहक प्रधानमन्त्री पोखरेल

विराटनगर, ८ कात्तिक । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताए । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा […]

प्रधानसेनापति प्रशंसा निशानबाट दश सैनिक सुशोभित

काठमाडौँ, ८ कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका दश सैनिकलाई सुशोभन गरे । बेलायतको बेल्स ब्रेकनमा विसं २०७६ असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पेट्रोल २०१९’ मा अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उनले सो निशान प्रदान गरेका हुन । बेलायत, नेपाल […]

नेपाल राष्ट बैंकमा खुल्यो ठूलो संख्यामा जागिर, यस्तो छ अवसर (सूचना सहित)

काठमाडौँ, ८ कात्तिक । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ ।

ठुलो संख्यामा खुल्यो सरकारी जागिर, यस्तो छ अवसर (सूचना सहित)

काठमाडौँ, ८ कात्तिक । सरकारी जागिर खानेहरुका लागि सुनौलो अवसर सृजना भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्टाफ नर्स र अनमीको लागि जागिरको अवसरको लागि आज सूचना प्रकाशित गरेको छ । सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ५९ जना स्टाफ नर्स र १४२ जना अनमीको लागि पदपूर्ति गर्ने तयारी गरेको हो । […]