गौर घटना उचाले प्रधानमन्त्री केपी ओली पनि जेल जाने

काठमाडौं । प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले गौर घटनालाई उचाल्ने काम गरे सप्तरीको मलेठ घटनामा प्रधानमन्त्री केपी शर्मा ओली, नेता माधव नेपाल र लालबाबु पण्डित पनि जेल जाने बताएका छन्। सिरहाको सखुवा ननकारकट्टी गाउँपालिकामा पार्टी समायोजना सभालाई सम्बोधन गर्दै मन्त्री यादवले मलेठ घटनामा प्रधानमन्त्री ओली, नेता नेपाल र पण्डित दोषी रहेको भन्दै […]

साझा पार्टीले तोक्यो उम्मेदवार

भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ क बाट प्रदेशसभामा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि साझा पार्टीले पार्टीका भक्तपुर जिल्ला संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता सूर्यराज […]

कपिलवस्तुमा प्रहरीले सर्वसाधारणमाथि चलायो गोलीको बर्षा, एक जनाको मृत्यु

कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगरमा बढेको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुरज कुमार पाण्डे नाम गरेका एक व्यक्तिको मृत्यु भएको हो । जिल्लाको कृष्णनगरमा लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन […]

काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ क को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक […]

किन गरिदैछ सबैलाई लुकाएर गुप्त रुपमा प्रधानमन्त्री ओलीको आइसीयुमै राखेर डाइलासिस

काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा […]

प्रम ओलीले किन लुकाए भेनेजुयलाका राष्ट्रपति मदुरो र उत्तर कोरियाली नेतालाई भेटेकाे कुरा

काठमाडौं । गत साता असंलग्न राष्ट्रको १८ औं सम्मेलनमा सहभागी भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका एक मन्त्रीस्तरका नेता र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा अजरबैजानको राजधानी बाकुमै रहेका परराष्ट्रका अधिकारीहरुले उक्त भेटवार्ता ‘इन्फर्मल’ र ‘साइडलाइन’ भन्दै भेटघाटलाई सञ्चार माध्यममा खुलाउनै चाहेका थिएनन् । ‘भेटघाटका तस्बिर पनि खिच्ने […]

रूखबाट लडेर रामजी दराईको मृत्यु

गोरखा, १३ कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ । घर नजीकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए । रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताऐ । “आज बिहान […]

मनाइदै तराईवासीको महान पर्व छठ, गुह्येश्वरीमा यस्तो छ छठको तयारी शुरु

काठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी शुरु भएको छ । गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम शुरु गरेको हो । यही कात्तिक १५ गतेसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिए । गत वर्ष ४५० छठघाट बनाइएकामा यस वर्ष […]

व्यक्तिमुखी राजनीतिको शिकार बन्दै विकास र समृद्धि

नेपाल लामो समयदेखि व्यक्तिमुखी राजनीतिको शिकार वन्दै आएका कारण नेपालको विकास र समृद्धि अवरुद्ध हुदै आएको थियो । राणा काल र राजा कालमा व्यक्तिको आदेश नै कानून हुने भएकोले त्यहाँ पद्धतिले काम गर्न सक्ने अवस्था थिएन । नेपाली जनताको लामो संघर्ष पछि प्राप्त लोकतान्त्रिक गणतन्त्रमा समेत पद्धति केन्द्रित राज्य संचालन मृगमरिचिका वन्दै आएको छ । […]

देउसी खेल्न बोलाएर किशोरीलाई बलात्कार गर्ने नेकपाका अर्का केन्द्रीय सदस्य पक्राउ

काठमाडौं, १३ कार्तिक । देशभर बलात्कारका घटना बढिरहेको र यस्ता काण्डले ठूला ठूला नेताहरु ढल्न थालेका बेला सत्तारुढ दलका अर्का नेता पनि पक्राउ परेका छन् । तिहारमा देउसी खेल्न बोलाएर एक किशोरीलाई बलात्कार गरेपछि नेकपाका अर्का एक युवा नेता पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी […]