माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो वैधता

काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पाटी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि […]

जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिको राजनीतिक अवधारणापत्र सार्वजनिक

काठमाडौं।  जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिले राजनीतिक अवधारणापत्र सार्वजनिक गरेको छ । मञ्चका संयोजक कृष्णप्रसाद धमला (गम्भीर) ले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले विगतमा लेनदेनमा मात्र सिमित रहेकाले पूर्ण रुपमा क्रान्ति सम्पन्न नभएको आज आयोजित पत्रकार सम्मेलन गरी धारणा ब्यक्त गर्नु भयो । उहाँले नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टी र शक्तिहरु एउटै छानामुनी आउन आवश्यक रहेको […]

देशलाइ निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप

  नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतामा धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा नेपाः पार्टीका अध्यक्ष डा. सैंजुले यस्तो भनेका हुन् । आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको सूचना प्रकाशन गरे लगत्तै अध्यक्ष डा. सैंजुले आयोगको […]

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो । शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको […]

कक्षा १२ को परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई सीसीएमसीको पत्र

काठमाडौँ । आगामी साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए । उनले भने, ‘परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न […]

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सर्वाेच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत विपक्षी बनाई आज अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा उक्त माग गरिएको हो । “नेपालको संविधानको धारा […]

२३ गते वृहत् युवा महिला भेला एवं महिला युथफोर्सको मार्चपास गर्ने तैयारी

  काठमाडौँ। नेकपा अध्क्षय ओली निकट युवा महिला युथफोर्स कमान्डरहरुको कामापा १५ वडा भेला सम्पन्न गरेको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं महिला विभाग प्रमुख उर्मिला सुनुवारको प्रमुख आतिथ्यमा आज काठमाडौं क्षेत्र नं ८ को युवा महिला युथफोर्स कमान्डरहरुको भेला कार्यक्रम भएको हो । २३ गतेको हुन गईरहेको वृहत् युवा महिला भेला एवं […]

त्रिविमा एक सातादेखि आंशिक शिक्षकको तालाबन्दी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् । त्रिवि उपकुलपतिको कार्यालय, रजिस्ट्रार, रेक्टर,सेवा आयोगको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा गत शनिबारदेखि प्राध्यापकहरूले तालाबन्दी गरेर धर्नासमेत दिइरहेका छन् । त्रिवि सेवा आयोगले स्थायी प्रध्यापकको परीक्षा तालिका सार्वजनिक गरेपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन् । पहिला आंशिक प्राध्यापकहरूलाई करार गरेर […]

सांसदको तलबभत्ता अबदेखि सरकारी बैंकबाट खातामै जम्मा हुने

काठमाडौँ । अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलबभत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो। चालु आर्थिक वर्ष अर्थात साउनदेखिको तलबभत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत पठाइने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । लामो समयदेखि निजी बैंकबाट हुँदै आएको संघीय संसद् […]

काँग्रेसले ८, माओवादी र जसपालाई ७÷७ मन्त्रालय दिएर मन्त्रिपरिषद विस्तार गरिदै

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । […]