२३ गते वृहत् युवा महिला भेला एवं महिला युथफोर्सको मार्चपास गर्ने तैयारी

 

काठमाडौँ। नेकपा अध्क्षय ओली निकट युवा महिला युथफोर्स कमान्डरहरुको कामापा १५ वडा भेला सम्पन्न गरेको छ। राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं महिला विभाग प्रमुख उर्मिला सुनुवारको प्रमुख आतिथ्यमा आज काठमाडौं क्षेत्र नं ८ को युवा महिला युथफोर्स कमान्डरहरुको भेला कार्यक्रम भएको हो ।
२३ गतेको हुन गईरहेको वृहत् युवा महिला भेला एवं महिला युथफोर्सको मार्चपास कार्यक्रममा युवा महिलाको सक्षमता प्रस्तुत गर्न निर्देशन दिदै विभाग प्रमुख सुनुवारले युवा महिलाहरु लाई राजनीति,कानुनी एवं आर्थिक पातोमा उभ्याउन सिकाउने संगठन रहेको बताईंन।
बृहत युवा महिला भेला एवं महिला युथफोर्स कमान्डर घोषणाले नेपालका हरेक युवा महिलाहरुको राजनीतिक सभ्यता पहिचान दिन सक्षम संगठन राष्ट्रिय युवा संघ नेपाल मात्र रहेने विचार ब्यख्त गरिन्। उक्त भेला राष्ट्रिय युवा नेपाल कामपा १५ वडा कमिटीको नेतृत्वमा भएको थियो ।

Loading...