नुन समेत बढी मूल्यमा बेच्दा दुई लाख जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी […]

रातारात राजपा र समाजवादी मिलेर जन्माए नयाँ पार्टी, मध्यरातमा कसरी भयो यस्तो निर्णय

काठमाडौं, १० बैशाख । बहुनेतृत्वमा चलिरहेका तराइ मधेशमा आधार बनाएका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच मध्यरातमा अप्रत्यासित एकीकरण गर्ने निर्णय भएको छ । आन्तरिक रुपमा विवादले फुट्न थालेका दुई दल एकाएक मिलेपछि धेरैले यसप्रति आश्चर्य व्यक्त गरेका छन् । मध्यरातमा गरिएको सहमति अनुसार अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल […]

राजधानीमा समस्यामा परेका पत्रकारहरुलाई राहत वितरण

काठमाडौं, ९ बैशाख । क्रान्तिकारी पत्रकार संगठनले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले गरेको लामो लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुलाई संगठनले राहत वितरण गरिएको संगठनका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष शैलेश डंगोलको पहलमा […]

मन्त्रिहरु कसैलाइ छलफल गर्न नदिइ २ अध्यादेश पारित भएको प्रमले सुनाए निर्णय, सेकेन्ड पनि ढिला नगरी राष्ट्रपतिद्वारा पारित

काठमाडौँ । देश काेराेना महामारीका कारण लकडाउनमा थलिएका बेला सरकारले भने एकाएक राजनैतिक दल विभाजन तथा दल अदल बदल सम्बन्धि अध्यादेश ल्याएकाे छ । साेमवार नै मन्त्रिपरिषदमा प्रधानमन्त्रीले सुनाएकाे त्याे अध्यादेश निकै रफ्तारमा साेमवार नै जारी भएकाे बताइएकाे छ । मन्त्रिहरुलाइृ छलफलका लागि समय नै नदिएर मन्त्रिपरिषदमा पारित भएकाे भनेर प्रधान्मन्त्री केपी शर्मा अाेलीले निर्णय […]

प्रधानमन्त्रीप्रति गगनको आक्रोश, प्रम ओलीलाई आँखा र कान जचाँउन आग्रह

काठमाडौँ । नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्। लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले उनको भनाईप्रति आपत्ति जनाएका हुन्। थापाले […]

राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना भेटिएपछि

काठमाडाैं । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन । राष्ट्रपति अश्रफ […]

प्रहरी पोशाकमा लगातार १२ घण्टा भन्दा बढी अन्धाधुन्ध गोली चलाएपछि १३ बढीको मृत्यु

काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । […]

बढी मुल्यमा मास्क बेच्ने भक्तपुरको एक अस्पतालको फार्मेसीलाई २ लाख जरिवाना

भकतपुर, ६ बैशाख । बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ। अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागको अनुगमन टोलीले मूल्यसूची […]

सरकारले अब लामो दुरी हिँडेर गाउँ जान नदिने

काठमाडौँ । सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न […]

लकडाउन र महामारीमा पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे सरकारको ध्यानाकर्षण (पूर्ण पाठसहित)

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले महामारीका बेला प्रेसले झनै जटीलता व्यहाेर्नुपर्ने गरेकाे भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै समितिले भाइरसका कारण धेरै प्रिन्ट मिडियाहरु बन्द भएकाे तथा विद्युतीय सञ्चारमाध्यमहरु मुस्किलले सञ्चालन भइरहेकाे जनाएकाे छ । महासंघका कर्णाली प्रदेश समितिका महासचिव […]