रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो उच्च अदालतवाट कैफियत प्रतिवेदन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल थुनामुक्त हुन सकेनन् । थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट कैफियत प्रतिवेदन मगाएको छ ।  सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर […]

झापाको एमाले सभामा १२ लाख ६५ हजार खर्च, सरकारबाट एक रुपैयाँ नलिएको जानकारी

झापा । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।  गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ ।  प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ […]

हुटमा बसेर हात हल्लाएर राजा नभइने भनेका प्रधानमन्त्रीको उद्घोष- बैशाख ११ मा देखाउछौँ

झापा । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको हुटमा बसेर हात हल्लाएर राजा नभइने व्यंग्य गरेका छन् । दुईचार जना मान्छेले सडकमा उफार्दैमा राजतन्त्र नआउने उनको दावी छ । शनिबार गृह जिल्ला झापाको दमकमा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय जागरणसभालाई सम्बोधन गर्दै राजा आए प्रधानमन्त्री र मन्त्री बन्न पाइन्छ कि भनेर मानिस […]

ओली सरकार बदनाम बनेकोबारे देउवा कन्भिन्स

काठमाडौं । केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्ने आफु कन्भिन्स रहेको कुरा देउवाले संकेत गरेका छन् ।  आज बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए । कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले […]

नेकपा बहुमत पार्टी परित्याग गरी दर्जनौ मजदुर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत परिपार्टी त्याग गरी सो पार्टीका दर्जनौं मजदुर नेताकार्यकर्ता मुलघरमै फर्किएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन परित्याग गरि चितवन जिल्ला ईन्चार्ज ओम लामिछानेको नेतृत्वमा दर्जनौं मजदुर नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिल्ला पार्टी कार्यालय चितवनमा भएको पार्टी प्रवेश कार्यक्रममा भरतपुर महानगरकी मेयर समेत रहेकी […]

दुर्गा प्रसाईं माथि अनुसन्धान गर्न प्रहरीले पायो १२ दिनको म्याद

काठमाडौं, । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।  साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका छन् ।   प्रहरीले […]

एमाले सिध्याउँछु भन्ने तत्वहरु असफल भए : प्रधानमन्त्री ओली

pm oli

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरुले एमालेलाई विभाजनको कोशिश […]

पक्राउ परेका दुर्गा प्रसाईंलाई जिप्रका काठमाडौं पुर्याइयो

काठमाडौ । भारत आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौ ल्याइ पुर्याइएको छ । भारतीय प्रहरीले मेची पुलमा छाडेपनि नेपाली सिमानामा नेपाल प्रहरीले उनलाई पक्राउ गरी राजधानी ल्याइपुर्याएको हो । प्रसाईंसँगै उनका अंगरक्षक खड्कालाई पनि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले पुष्टि गरेका छन् ।  उनीहरूलाई शुक्रबार बिहान काँकडभिट्टा नाका हुँदै झापास्थित भद्रपुर विमानस्थलबाट […]

दुर्गा प्रसाईं पक्राउ

काठमाडौ । भिडियो सन्देश जारी गरी आफू नेपालमै भएको तर पेरुका नेता गोन्जालो जस्तो बन्न नचाहेकोले सुरक्षित अवस्थामा रहेको बताएका ब्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके मानिएका प्रसाईं घटनापछि फरार छन् । उनी भारतमा पक्राउ परेका श्रोतले जनाएको छ ।  उनी भारतको […]

पालिका उपाध्यक्षले नै गरे कार्यालय तोडफोड

न्यूजकारखाना, जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ । तोडफोडबाट दुई थान कम्प्युटर फुटेको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै […]