आन्दोलनमा षडयन्त्र देखिएको प्रचण्ड दावी, स्वतन्त्र छानबिनको माग

Prachanda

काठमाडौ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनले उठाएका मागहरू आफूहरुले १० वर्षअघि नै संविधानसभामा फरक मतका रुपमा दर्ज गरेको बताए । “त्यतिबेला हाम्रो संख्या नपुगेका कारण हामी सम्झौतामा गएका थियौं, आजको जेन–जी आन्दोलनले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको माग त्यतिबेलै हाम्रो प्रमुख एजेण्डा थियो।” प्रचण्डले प्रष्ट पारे । […]

काठमाडौंका एसएसपी जिम्मेवारीबाट हटाइएर थापालाई पठाइयो

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए । उनीले यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीको कमाण्ड समेत गरिसकेका छन् । २३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले व्यापक बल प्रयोग […]

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न निर्देशन दिएको छ । ओझालाई पुनर्बहाली गर्ने निर्णय नभएको भन्दै मन्त्रालयले हाजिर नहुन तथा अध्यक्षको रुपमा कार्य नगर्न निर्देशन दिएको हो । ओझाले सर्वोच्चको आदेश लिएर मंगलबार पुनर्बहाली गरेका थिए । सर्वोच्चले ओझालाई बर्खास्त गर्ने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश […]

भाडाको घर लिएर सैनिक ब्यारेकबाट फर्किए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन् । सुरक्षा स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका […]

शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा

ललितपुर । जेन-जेड आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको आत्माको चिरशान्ति र देशमा शान्ति र मेलमिलापको कामना गर्दै अन्तर धार्मिक प्रार्थना सभा सम्पन्न भएको छ। राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालले बुधबार ललितपुरमा सबै धर्मका धर्मगुरुहरूको सहभागितामा प्रार्थना सभा आयोजना गरेको जानकारी सञ्जालका अध्यक्ष भिक्षु पिया दस्सी महर्जनले दिए। सभामा हिन्दु, बौद्ध, कृष्ण प्रणामी, इस्लामिक, ख्रिस्टियन, किराँत, […]

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोन संवाद हुने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । ‘प्रधानमन्त्री ज्यूले मंगलबारको क्याबिनेट बैठकमा भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन कुराकानी गर्ने भन्नु भएको थियो’, […]

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का […]

४८ एसपी र ९० डिएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा सरुवा गर्दै ९० जना डीएसपी (प्रहरी नायब उपरीक्षक) र ४८ जना एसपी (प्रहरी उपरीक्षक) को जिम्मेवारी फेरबदल गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति सरुवा सूची सार्वजनिक गरेको हो । यसअन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सुदिपराज पाठकलाई पर्सा जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने, उपत्यका प्रहरी […]

जेन–जी शहीदहरूको सम्झनामा पत्रकार महासंघ उपत्यकाको दीप प्रज्वलन

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जेन–जी आन्दोलनका क्रममा शहीद भएका युवाहरूको सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यसमिति बैठकको निर्णयअनुसार कार्यक्रम आयोजना गरिएको प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले जनाएका छन् । जेन–जी पुस्ताको भावना सम्बोधन गर्नु र शहीदहरूको सपना पूरा गर्नु अहिलेको ऐतिहासिक आवश्यकता […]

पश्चिम नेपालमा भूकम्प, केन्द्रबिन्दु कहाँ ?

काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ । रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।