रानीबारीदेखि बानेश्वरसम्म लखेटिए सुदन गुरुङ, भन्छन् : आक्रमण प्रयास भयो

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले आफुमाथि आक्रमणको प्रयास भएको दावी गरेका छन् । उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।,’ उनले भने । […]

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको […]

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक […]

अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाले वर्षा, यी क्षेत्रमा बाढीको जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज बिहानको मापन अनुसार कोशी, […]

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा […]

पत्रकार महासंघ उपत्यकाले बुधबार साँझ श्रद्धाञ्जली सभा गर्ने, सञ्चारकर्मी र सञ्चार गृहलाई पनि क्षतिपूर्तिको माग

FNJ valley

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भोलि (बुधबार) साँझ साढे ५ बजे माइतीघरमा दीप प्रज्वलन गर्ने भएको छ । अनामनगरस्थित प्रदेश कार्यालयमा मंगलबार बसेको उपत्यका प्रदेश समितिको बैठकले आन्दोलनमा ज्यान गुमाउने नागरिक तथा सुरक्षाकर्मीहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो । बैठकले घाइते […]

असोज १६ गते बिहान ११ बजेर ५३ मा टीकाको शुभ साइत

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजया दशमी (दशैं)को महत्वपूर्ण शुभसाइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा असोज ६ गतेदेखि सुरु हुने नवदुर्गा पूजासँगै दशैंका दिनसम्बन्धी साइत उल्लेख गरिएको छ। यस वर्षको साइत अनुसार अशोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना शुरु हुने बताइएको छ । […]

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने, प्रदर्शनको छानबिन गर्न आयोग गठन गरिने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन । आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले […]

असोज १ गते शोक दिवस मनाइने, दिइयो सार्वजनिक बिदा, ज्यान गुमाएकाहरुलाई शहीद घोषणा

काठमाडौं । सरकारले भोलि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ । उनका अनुसार जेनजी आन्दोलनका क्रममा […]

विराटनगरको भाटभटेनीमा पनि भेटियो शव

विराटनगर । भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोरमा पनि एउटा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको जानकारी दिए । जेनजी आन्दोलनकारीका नाममा अराजक […]